मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

२०७९ कार्तिक ५ शनिबार
बिहान ०६:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ ।

रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । 

मधेश प्रदेशको सिरहा जिल्ला स्थित मिर्चैया नगरपालिका ८ स्थित श्री. वा.जु.मा.वि. फुलवारीयामा जनसेवा युवा क्लब र ब्लड फोर नेपालको सहसंयोजकमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।

देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम अझ पनि मान्छहरू भ्रममा छन्। रक्तदान गर्नपूर्व विभिन्न स्वस्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौँ । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौँ र अरुको अमूल्य जीवन बचाऔँ ।

उक्त, कार्यक्रममा जनसेवा युवा क्लबका अध्यक्ष निरज कुमार यादवको अध्यक्षता र श्री वा.जु.मा.वि. का प्रधानाध्यापक श्री विन्देश्वर महतो ज्यूको प्रमुख अतिथि, साथै जनसेवा युवा क्लबका संस्थापक सुरेन्द्र कुमार यादव, ब्लड फोर नेपाल सिराहाका संयोजक सन्तोष कुमार यादव र सह-संयोजक रोबिन यादव प्रशिक्षकका रूपमा उपस्थित भएका थिए । साथै अतिथिका रुपमा हेल्प मधेसीका अन्तर्राष्ट्रिय सल्लाहकार राम यादव र मझौवा युवा क्लबका संस्थापक दिवस पटेल थियो। यस कार्यक्रममा  क्लबका उपाध्यक्ष भरत कुमार यादव, भरत कुमार शर्मा, विशणु साह र विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। 

सक्षम भए पश्चात नियमित रुपमा रक्तदान गर्नेछु, उपस्थिति विद्यार्थीहरू बाचा समेत गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

  • २०७९ कार्तिक ५ शनिबार

काठमाडौं | Gen Z Movement Nepal ले गृहमन्त्री सुधन गुरुङ्गमाथि लागेको गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग कडा माग गरेको छ। सोमबार प्रवक्ता Bijay Shah ले जारी

पूरा पढ्नुहोस्

Bureau Menus