
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा तेस्रो मेयर कप प्रतियोगिता शुरु भएको छ ।
दिपावली तथा छठ पर्वको अवसरमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ को कजरा रमौलमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा विहिबार सो प्रतियोगिताको उदघाटन गरिएको हो ।
सो फुटबल प्रत्योगिताका वडा नं ४ का अध्यक्ष प्रदिप यादवको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्र यादवको प्रमुख अतिथीमा कार्यक्रम भएको थियो ।
खेलमा जम्मा टिम ८ वटा टिम सहभागी हुनेछ । फाईनल खेल १० गते हुने छ साथै यस खेलबाट युवाहरु खेल प्रती चासो बढाउने बिश्वास व्यक्त गरे ।
सो उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्न बाट मेयर यादवले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताए ।
“खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारिरीक, मानसिक स्वास्थ्यसँग गासिएको विषय पनि हो ।” मिथिला विहारी नगरपालिका मेयर मेयर यादवले भने ।
खेलमा प्रथम पुरस्कार ५५,५५५ दितिय पुरुषकार ३६६३६ तथा बेस्ट पुरस्कारहरु पनि रहेको छ ।
पहिलो खेलमा लहान र गोलबजार भिडेका थिए । सो कार्यक्रममा उपमेयर लगायतका स्थानीयहरुको व्यापक उपस्तिथि रहेको थियो ।
'यसपाली छठी घाट, आफ्नो सँस्कृति वस्त्रको साथ'
- २०७९ कार्तिक ४ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु र मुस्लिम धर्मले समेत मनाउने मधेशी समुदायको सबभन्दा ठुलो आस्थाको पर्वमा आधुनिकताले विलय हुँदै गएपछि जनकपुरियन युवायुवतिहरुले जागरुकता अपनाउन सुरु गरेको छ । केही बर्ष अगाडीसम्म
पूरा पढ्नुहोस्