कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि किसानलाई ५० लाख अनुदान
न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ । कृषि पशुपन्छी तथा मत्स्य उपजहरुको उत्पादन प्रशोधन भण्डारण संरक्षण तथा पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम

२०७९ कार्तिक १ मंगलबार, राति ९:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ ।
कृषि पशुपन्छी तथा मत्स्य उपजहरुको उत्पादन प्रशोधन भण्डारण संरक्षण तथा पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम सहयोग दिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका माछा शाखा अधिकृत दयाराम हरिजनले बताए ।
कृषि योग्य बाँझो जग्गामा सामुहिक वा सहकारी व्यवसाहिक खेतीका लागी ५० प्रतिशत अनुदान रकम उपल्बध गराईने उनले बताए । क्लस्टरमा सिंचाई विधुत सडक जस्ता पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम सहयोग गरिने हरिजनले बताए ।
कृषि पशुपन्छी तथा मत्स्य श्रोत केन्द्र स्थापना तथा स्तरोन्नतीका ५० प्रतिशत अनुदान रकम उपल्बध गराइने उनले भने । स्थापित कृषि पशुपन्छी तथा मत्स्य फार्म र मोडल फार्महरुको स्तरोन्नती एवं आधुनिकीकरणका लागि ५० प्रतिशत अनुदान रकम सहयोग गरिने उनले बताए ।
कस्टम हायरिङ्ग सेन्टर स्थापना वा क्षमता अभिबृद्धिका लागि ५० प्रतिशत अनुदान रकम उपल्बध गराइने उनले बताए । कृषि पशुपन्छी तथा मत्स्य सम्बन्धी बाली वस्तु उपजको वजारीकरण पूर्वाधार तथा संजाल विकासका लागि ५० प्रतिशत अनुदान रकम उपल्बध गराइने उनले बताए ।
कृषि पशुपन्छी तथा मत्स्य सम्बन्धी सामग्री तथा यन्त्र उपकरण उत्पादन कारखाना स्थापनाका लागि ५० प्रतिशत उपल्बध गराइने उनले भने । कृषि पशुपन्छी तथा मत्स्य जन्य उधोगहरुको क्षमता अभिबृद्धि तथा स्तरोन्नतीका लागि ५० प्रतिशत अनुदान रकम उपल्बध गराइने उनले बताए ।
आर्थिक वर्ष २०७८/२०७९ मा भेटेरिनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि १ करोड ७५ लाख रकम विनियोजन गरेको थियो । कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० प्रतिशत अनुदान रकम उपल्बध गराएको थियो, उनले भने ।
यसै कडिमा बटेश्वर गाउँपालिकामा हरदिनाथ एग्रो प्रा.लिमिटेडका संचालक राज किशोरले भने, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले बाख्रा पालनका लागी ५ लाख अनुदान रकम सहयोग गरेको उनले बताए ।
२२ लाख निजी लगानी लगाएर गोठ निर्माण गरि २५ वटा बख्रा राखेर संचालन गरेको बाख्रापालन हाल ४५ वटा बाख्रा रहेको उनले बताए । सरकारले दिने गरेको अनुदान रकम किसानहरुका लागि प्रयाप्त नरहेको उनले बताए । धनुषा जिल्लामा किसान धेरै रहेको छ, तर प्रदेश सरकारले यस्ता कार्यक्रमका लागि प्रयाप्त बजेट विनियोजन नगरेको उनले भने ।
बाख्रापालनले राम्रो आम्दनी गर्न सक्ने र आफनो आयस्रोत बढाउन सक्ने राम्रो माध्यम रहेको उनले बताए । आफुले संचालन गरेको बाख्रापालनले यस क्षेत्रका किसानहरुलाई यस पेशामा आउने प्रेरित गर्नका लागी समय समयमा सरसल्लाह दिने गरेको उनले बताए ।
मधेश प्रदेशका किसानहरुले खेतीपातिमा मात्र समित नभई बाख्रापाल,भैसीपाल,माछापाल जस्ता व्यवसायमा लगी राम्रो आयआर्जन गर्न सक्ने राम्रो माध्यम रहेको उनले बताए । नेपाल कृषि प्रधान देश भएपनि याहाँका किसानहरु धान खेती र गहु खेतीमा धेरै निर्भर रहेको उनले भने ।
नेपालमा खेतीपाति गर्न निमित सिचाईको राम्रो व्यवस्था भएको भए वर्ष भरि विभिन्न किसिमा बालीनाली लगाएर कृषि जन्य उत्पदनमा बृद्धी भइ देश विकासमा सहयोग हुन सक्ने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…