स्वः राजा वीरेन्द्रको नाममा बीरेन्द्र बियर बेचिदै
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । भगवान विष्णु अवतार मानिएका नेपालका राजा स्वर्गीय बीर विक्रम साहदेवको नामको बियर ब्रान्ड बनाएर बेचिदै छ । स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामको बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत रा

२०७५ बैशाख ८ शनिबार, दिउँसो १:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख । भगवान विष्णु अवतार मानिएका नेपालका राजा स्वर्गीय बीर विक्रम साहदेवको नामको बियर ब्रान्ड बनाएर बेचिदै छ ।
स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामको बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत राखिएको छ।
स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो ।
नामको स्विजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्डरहर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १।८५ स्विस फ्र्याङ्क हो।
तर अर्को http://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो र यो बियरको मुल्य CHF 44.40 पर्छ अर्थात् यसको नेपाली भनेको ४ हजार ८ सय २७ रूपैंया हो ।
भगवान विष्णु अवतार मानिएका राजा बीरेन्द्रको नामको बीयर एवम् तस्विर समेत राखिएको भन्दै नेपाली युवाहरुले देश र राजाको अपमान भएको बताएका छन् ।
यसप्रति सरोकारबालाहरुले चासो लिनु आवश्यक रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…