मानव अधिकारको विश्लेषणसहित पर्वको शुभकामना आदान प्रदान
मानवअधिकार रक्षक संजाल, सर्लाहीका सचिव संतोष कर्णले संचालन गरेका कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा, मानव अधिकार रक्षक, संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, ओरेक नेपाल, सर्लाहीका संयोजक देव कुमारी महरा,नागरिक समता विकासका संयोजक तथा संजालका उपाअध्यक्ष दिवानी घिमिरे, महिला मानव अधिकार रक्षक संजालका संयोजक रम्भा झा, पत्रकार तथा संजालका सदस्य राधेश्याम कुशवाहा, मनोपरामर्शकर्ता ममता साह, जोइन आवर हैण्डका संयोजक राजेश पंडित लगायत मानवअधिकार क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको हो ।

२०७९ असोज ३१ सोमबार, बिहान ७:४९ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको सदरमुकाम स्थित मलंगवा स्थित बाल मन्दिरको सभा हलमा मानव अधिकारको अवस्थाको विश्लेषण तथा तिहार, छठ र बकरीदको शूभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार रक्षक संजाल, सर्लाहीको आयोजना तथा ओरक नेपाल, सर्लाहीको आर्थिक सहयोगमा जिससका उपसभापति जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकारका अवस्था बारे छलफल हुनुका साथै मानव अधिकार संरक्षण, समाजिक न्याय तथा शान्ति सुरक्षाको सवालमा समेत विभिन्न विचारविमर्श गरिएको थियो ।
जिल्लामा विभिन्न अधिकार क्षेत्रमा क्रियाशिल साथीहरुलाई मिलाएर सर्लाहीमा मानव अधिकार रक्षक संजाल गठन गरिएको मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्रले बताए । स्रोत साधान र बजेटको अभावको बावजुद पनि यो संजालले स्थापना कालदेखि नै मानवअधिकारको संरक्षण, सम्बद्र्वन तथा प्रबद्र्वनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सर्लाहीमा २० वटा पालिका भएपनि मानवअधिकार कुनै पनि तहको प्राथमिकता नपरेको गुनासो गरे ।
विकास निर्माणमा करोडौं बजेट विनियोजन गरेपनि स्थानिय सरकारका प्रमुखहरु मानवअधिकारको सवालमा बजेटको अभाव रहेको बताउदै आएको आरोप समेत लगाए ।
कार्यकममा बोल्दै जिससका उपसभापति जितेन्द्र कुशवाहा ले सर्लाहीका २० वटै पालिका प्रमुख तथा प्रमुखहरुले मानव अधिकारको विषयमा चासो नलिएको गुनासो गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…