बंगलादेशमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएशनको कार्यसमिति गठन
न्यूज ब्यूरो || बँगलादेश, ८ बैशाख । बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको २०१८ का निम्ति कार्यसमिति गठन गरिएको छ । बंगलादेशका बिभिन्न ठाउमा मेडिकल अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हकहितको उदेश्यले स्थापना गरिएको यस संगठनले चालु वर्षका लागि कार्य समिति चयन गरेको हो । गठित नर्व कार्

२०७५ बैशाख ८ शनिबार, दिउँसो १२:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
बँगलादेश, ८ बैशाख । बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको २०१८ का निम्ति कार्यसमिति गठन गरिएको छ ।
बंगलादेशका बिभिन्न ठाउमा मेडिकल अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हकहितको उदेश्यले स्थापना गरिएको यस संगठनले चालु वर्षका लागि कार्य समिति चयन गरेको हो ।
गठित नर्व कार्य समितिको अध्यक्षमा नबिन यादव, वरिष्ठ उपाध्यक्षमा शिव शंकर साह, उपाध्यक्षमा रमन कार्की, व्यवस्थापकमा जुनैद अहमद , सचिवमा सर्बग्यालाल प्रधान तथा कार्यक्रम सँयोजकमा लोकेश्वोर चौरसिया र अंकिता पालिखेलाई चयन गरिएको हो ।
यस्तै, समितिको कार्यक्रम सहजकर्ता एव्म सहसँयोजकमा श्रेष्मा देबकोटा रनताशा भट्टराई , सार्वजनिक सुनुवाई अधिकारीमा न्यान्शी साह, सँयुक्त सचिवमा श्वेता शर्मा , कोषाध्यक्षमा राधा खड्का तथा सँयुक्त कोषाध्यक्षमा जेनिया राईलाई चयन गरिएको हो ।
ढाका डिविजन कार्य समिति समेत गठन
यसका साथै एशोसिएशनको ढाका डिभिजन कार्यसमिति सँयोजकमा अप्सरा घिमिरे र सुनिल रौनियार, सह सँयोजकमारिजवान ओबैद खान र अभिषेक पाण्डेलाई चयन गरिएको छ । 
सचिवमा रितेश ठाकुर, सँयुक्त सचिवमा ब्रोमिषा बुढाथोकी, कोषाध्यक्षमा प्रकाश यादब , कार्यक्रम सँयोजकमा शोभा पाण्डे एवं सरु योना महर्जन रहेका छन् । त्यसै गरि सल्लाहकारमा मनिष रेग्मी,संजय साह एवं बिनिता अधिकारी रहेको जनाइएको छ ।
नेपाली बिधार्थाीहरुको लािग ज्वलन्त समस्याहरुलाई प्राथमिकतामा राखी कार्य योजना बनाएको नव चयनित अध्यक्ष नबिन यादबले बताए ।
उनले भने, ‘’डाक्टर बनेर समाज र देशको सेवा गर्ने सपना बोकेर मेडिकल शिक्षा अध्ययन गर्न बर्षेनी हजारौ बिधार्थिहरु बंगलादेश आउने गर्छन१डाक्टर बन्ने दृढ इच्छाशक्ति बोकेर मेडिकल पढ्न आउने अधिकांश बिधार्थिहरु अनेकौ समस्या एवं चुनौती हरुको शिकार बन्न पुगेका छन् १ यसबारे सम्बन्धित निकाय मौन रहेका ले हामी निकै दुखित छौ ,अब यसका समाधानका लागि एक भइ अग्रसर रहने छौँ ।
बंगलादेशमा अध्ययन गर्ने नेपलिहरु बीच नै एकता नरहेकोले चिन्ता ब्यक्त गर्दै अब यथासिघ्र सबै नेपाली बिधार्थीहरुलाई एकत्रित भइ अगाडी बढ्न आग्रह समेत गरे ।
लगत्तै बंगलादेशका अन्य ठाउँहरुमा समेत सँगठन विस्तार गरेर लैजाने अध्यक्ष यादबले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…