माछा ,धान र आँप जोनका लागि धनुषामा ६ करोड ७ लाख ९६ हजार रकम विनियोजन
न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री कूषि आधुनिकीकरण परियोजना धनुषाले धानजोन प्रभाव क्षेत्र, माछा सुपर जोन प्रभाव क्षेत्र, आँप जोन प्रभाव क्षेत्रका लागि ६ करोड ७ लाख ९६ हजार रकम विनियोजन गरेको छ । कार्यक्रम सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३ लाख अनुदान रकम न

२०७९ असोज २८ शुक्रबार, बेलुकी ६:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/०८० मा प्रधानमन्त्री कूषि आधुनिकीकरण परियोजना धनुषाले धानजोन प्रभाव क्षेत्र, माछा सुपर जोन प्रभाव क्षेत्र, आँप जोन प्रभाव क्षेत्रका लागि ६ करोड ७ लाख ९६ हजार रकम विनियोजन गरेको छ ।
कार्यक्रम सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३ लाख अनुदान रकम नेपाल सरकारले उपल्बध गराइरहेको परियोजना कार्यान्वयन एकाई,धनुषाका कूषि प्राविधिक राहुल देव साहले बताए ।
यस्तै जोन सुपरजोन क्षेत्रमा कूषि यान्त्रिकरण सहयोगका लागी ५० प्रतिशत अनुदान रकम उपल्बध गराईरहेको साहले बताए । साना सिंचाई कार्यक्रम अन्तर्गत नेपाल सरकारले ८० प्रतिशत अनुदान रकम सहयोग गरिरहेको उनले बताए ।
चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धीका लागि पूँजिगत सहयोग तर्फ नेपाल सरकारले ५० प्रतिशत अनुदान रकम उपल्बध गराईरहेको साहले भने । मत्स्य पोखरी निर्माणका लागि नेपाल सरकारले डेर विघा जमिनमा ४ लाख अनुदान रकम उपल्बध गराईरहेको उनले बताए ।
चैते धान क्षेत्रफल विस्तारका लागि नेपाल सरकारले शत प्रतिशत अनुदान रकम उपल्बध गराईरहेको उनले बताए । माछा ह्याचरी पलान्ट मर्मत तथा निमार्णका लागी नेपाल सरकारले ८५ प्रतिशत अनुदान रकम सहयोग गरिरहेको उनले बताए ।
सिंचित क्षेत्र विस्तारका लागी डिप ट्युववेल जडानका लागी ८५ प्रतिशत अनुदान रकम नेपाल सरकारले उपल्बध गरार्ईरहेको उनले भने । आँप जोन प्रभाव क्षेत्रका लागी नेपाल सरकारले शत प्रतिशत अनुदान रकम उपल्बध गराईरहेको साहले बताए ।
जिउँदो माछा पसल स्थापना तथा सुदृढिकरणका लागि नेपाल सरकारले ८५ प्रतिशत रकम उपल्बध गराईरहेको उनले बताए । धनुषा जिल्ला भरिका किसानलाई कृषक समूह,सहकरी संस्था,कृषि उद्यमी मार्फत परियोजनाहरु दिने गरेको परियोजना कार्यन्वयन एकाई धनुषाका कृषि प्राविधिक राहुल देव साहले बताए ।
कार्यक्रम केही दिनमा फिल्ड अनुगमन भई संचालन हुने उनले बताए । समुह मार्फत संचालन भईररहेका परियोजनाहरु नातावाद कृर्पावाद लक्ष्ति यस्ता आयोजनहरु हुने गरेको जनकपुरधाम उपमहानगरपालिका लोहना २५ का किसान मो. भुटवाले आरोप लगाए । मधेश प्रदेशमा जनगन्तव धेरै छ, लक्ष्ति वर्गका किसानहरु माझ परियोजनाका कार्यक्रम पुग्दैन उनले भने ।
साना किसानहरुलाई थोरै जमिन हुन्छ , यस्ता किसानका लागि सरकारले कहिले कार्यक्रम संचालन गर्ला उनले बताए ।
कृषिमा आयात धेरै छ,र निर्यात थोरै यसले के दरसाउँछ उनले भने । विगतका वर्षमा संचालन भएका परियोजनाहरु लाभदायक भएको भए नेपालमा कृषि आयातको सट्टा निर्यात बढी हुन्थयो उनले भने ।
किसानको हरेक खेतमा सिचाइको व्यवस्था भएको भए किसान थरि थरिका बाली नाली लगाएर राम्रो जिपकोर्पाजन गरिरहेको हुन्थियो उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…