भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदै !
जगत जननी माता जानकीको दर्शन गर्न जनकपुर आउँदै

२०७५ बैशाख ८ शनिबार, बिहान १०:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख । विश्व चर्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाखमा जनकपुरमा आउने भएको छ ।
मोदी आउँदो मे ११ अर्थात् यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
बैशाख २८ गते नेपाल आउने कार्यक्रम तय भएको तथा त्यही दिन प्रदेश २ को अस्थायी राजधान एवम् धार्मिक नगरी जनकपुर समेत आउने कार्यक्रम तय भएको भारतीय सँचार माध्यमम हिन्दुस्तान टाईम्सले जनाएको छ
।
मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । तर नयाँ संविधान जारी भएर चुनाव भइ फेरिएको राजनीतिक परिवेशमा हुन लागेको मोदीको पहिलो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
केही हप्ताअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यहि बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओली गएको चैत २३ देखि २५ सम्म भारतमा थिए ।
यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । 
यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।
पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने देखिएको छ ।
भारतको एक निजि अखबार हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ ।
तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ ।
भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…