समाजवादी पार्टीका संस्थापक एवम् सांसद यादवको स्वास्थ्य स्थिर
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ । यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादव

२०७९ असोज १७ सोमबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ ।
यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादवलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, ‘मुलायम सिंह यादवको स्वास्थ्य स्थिर छ। चिकित्सकहरूका अनुसार आज उहाँको अक्सिजनको स्तर अलिकति घटेको छ। तर चिन्ता गर्नुपर्ने कुरा छैन। उहाँको दिनहुँ नियमित चेकअप हुन्छ।’
केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले पनि सपाका संस्थापकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् । उनले मुलायम सिंह यादवका छोरा अखिलेश यादवसँग पनि कुरा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले मुलायम सिंह यादवको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…