धनुषामा ९ किलो बढी चाँदी सहित दुई पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । धनुषाबाट ९ किलो बढी चाँदी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जनकपुर उपमहानगरपालिका वडा नं. २४ सोनापाडाबाट विन्दी तर्फ जाँदै गरेको ज ८ प ००६० नम्बरको अपाचे मोटरसाईकलबाट ९ किलो ८०० ग्राम तौल बराबरको अबैद्य चाँदी सहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ

२०७५ बैशाख ७ शुक्रबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख । धनुषाबाट ९ किलो बढी चाँदी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार जनकपुर उपमहानगरपालिका वडा नं. २४ सोनापाडाबाट विन्दी तर्फ जाँदै गरेको ज ८ प ००६० नम्बरको अपाचे मोटरसाईकलबाट ९ किलो ८०० ग्राम तौल बराबरको अबैद्य चाँदी सहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेका हुन् ।
साँझ करिब ५ ३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राईम ब्रान्चको टोलीले चेकजाचँ गर्ने क्रममा चाँदी सहित मोटरसाईकलमा सवार दुई जनालाई पक्राउ समेत गरेका छन् ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही संग्रामपुर न।पा। – ६ बस्ने बिजय कुमार मण्डलको छोरा बर्ष ३० को सन्देश मण्डल र पछाडि सवार जिल्ला धनुषा सहिदनगर न।पा। – ६ बस्ने रामसेबक मुखियाको छोरा बर्ष – २१ को रंजित मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि जनकपुर भन्सार कार्यालय पठाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…