धनुषा क्षेत्र नं. २ मै प्राइभेटमा खजुरीको न्यू लाईफ भिजन स्कूलमा +2 सँचालन 

२०७९ असोज ८ शनिबार
बिहान ०९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको खजुरीस्थित सँचालनमा रहेको न्यू लाईफ भिजन स्कूलले +2 कक्षा सँचालन गर्ने अनुमति पाएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ भरिमै खजुरीको न्यू लाईफ भिजन स्कूलले नीजि तर्फ  +2 सँचालन गर्ने पहिले अनुमति पाएको हो । 

पूर्वी धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकाका विद्यार्थीहरुको लागि निजी तर्फ उच्च शिक्षा हासिल गर्ने अवसर समेत प्रदान भएको हो । 

नीजि क्षेत्रबाट धनुषा जिल्लाको पूर्वी क्षेत्रमै सबभन्दा पहिले अनुमति लिएको न्यू लाईफ भिजन स्कूलमा एजुकेशन र कमर्सको लागि भर्ना समेत खुल्ला गरेको छ । 

पूर्वी क्षेत्रमा ४/५ वटा स्थानीय तहको विद्यार्थीको लागि बसको सुविधासहित होस्टेलको समेत व्यवस्था गरिएको छ । 

नीजि क्षेत्रबाट सँचालन भएको उच्च माध्यमिक विद्यालयले गाउँस्तरका विद्यार्थीहरुको लागि विकल्पको रुपमा स्थापित भएको विद्यालयका प्रबन्धक निर्देशक सुजित कुमार यादवले जनाए । 

गाउँस्तरबाट सो विद्यालयमा उच्च शिक्षा पढन चाहनेले नजिकको लागि बसको व्यवस्था गरिएको जनाउँदै उनले टाढा पर्ने वा नजिकै पर्ने विद्यार्थीले होस्टेल बस्न चाहे आवासको समेत व्यवस्था राखिएको बताए । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सँचालनमा रहेको नीजि विद्यालयहरुमध्ये जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीको रेल्वे स्टेशन नजिक सँचालनमा रहेको न्यू लाईफ भिजन स्कूलले  +2 सँचालन गर्ने सबभन्दा पहिले अनुमति पाएको हो । 

  • 64%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका साँसदहरुलाई जनतमका साँसद यादवको मुखभरि जवाफ, रोजगारीको सवालमा दिए चुनौति

  • २०७९ असोज ८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सतारुढ दल जनमत पार्टीका साँसद सँजय यादवले प्रतिपक्ष दल जसपाका साँसदहरुलाई मुखैभरिको जवाफ दिएका छन् ।  शुक्रबार प्रदे्शसभामा बोल्दै सँसद यादवले वर्तमान सरकारको सात महिनाको

पूरा पढ्नुहोस्

Bureau Menus