दुई बालकका अभिभावक बने मन्त्री साह
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । विद्यार्थी भर्ना अभियान २०७५ अनुसार मन्त्री साहले धनुषाका धिरजकुमार महरा र प्रेमकुमार महरालाई विद्यालयको पोशाक, पुस्तक, कापी कलम र झोला हस्तान्तरण गर्दै अभि

२०७५ बैशाख ७ शुक्रबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख ।
प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
विद्यार्थी भर्ना अभियान २०७५ अनुसार मन्त्री साहले धनुषाका धिरजकुमार महरा र प्रेमकुमार महरालाई विद्यालयको पोशाक, पुस्तक, कापी कलम र झोला हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेका हुन् ।
स्थानीय संकट मोचन देव शरण रामरती उच्च माध्यमिक विद्यालयमा आयोजित विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री साहले प्रदेश दुईको समृद्धि र विकास शिक्षासँग जोडिएकोले विद्यार्थी भर्ना अभियानलाई अभियानको रुपमा नलिई आ–आफ्नो छोरा छोरी पढाउने अभियानको रुपमा लिन आग्रह गरे ।
मन्त्री साहले केन्द्र सरकारले विदेशीलाई रिझाउन शिक्षा सम्बन्धी गलत तथ्यांक तयार पारेको आरोप लगाए । उनले प्रदेश दुईमा मात्रै दुई लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको अवस्थामा सरकारले ८८ हजार विद्यार्थी मात्रै विद्यालयबाहिर रहेको तथ्यांक देखाउनु केन्द्र सरकारको नियत यसैले स्पष्ट पारेको बताए ।
प्रदेश २ को शैक्षिक स्तर खस्किएको स्वीकार गर्दै निकट भविष्यमा अन्य प्रदेशभन्दा शैक्षिक स्तर गुणस्तरीय हुने मन्त्री साहले दावी गरे ।
उनले यसका लागि प्रदेश सरकारले चाँडै नयाँ नयाँ योजनाहरु ल्याउने जानकारी समेत दिए । विद्यार्थी भर्नापछि मन्त्री साहले उक्त विद्यालयको निरीक्षण समेत गरेका थिए भनेर आजको न्यूजपेपर दैनिकमा नेहा झाले समाचार लेखेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…