प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत प्रर्दशन
प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत रैलिमा मानव अधिकार रक्षक सन्जालका जिल्ला संयोजक मुकेश मिश्र, सचिव सन्तोष कर्ण, दलित अधिकारकर्मी राजेश पासवान, निलहिरा समाजको जिल्ला संयोजक अब्दुल अहमद, ईन्सेक प्रतिनिधि बुधन साह, महिला अधिकारकर्मी लक्ष्मी सिंह, सरस्वती कुमारी महतो, मानव अधिकारकर्मी तथा पत्रकार राधेश्याम कुशवाहा, ओरेक नेपाल, सर्लाहीका प्रतिनिधि दुर्गा थापा, मनो परामर्शदाता ममता साह, विजडम कोचिङ सेन्टरका विधार्थी शिक्षक लगायत अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

२०७९ असोज २ आइतबार, राति ९:२२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार समाज रुपान्तरणको आधार मुल नाराका साथ राष्ट्रव्यापी अभियानको क्रममा सर्लाहीको सदमुकाम मलंगवामा समेत बृहत् विरोध रैली निकालिएको छ ।
मलंगवा नगरपालिकाको सहिद चौकबाट शुरु भएको विरोध रैलि नगरपालिका चोक हुँदै पुस्न शहिद चौकमा आएर कोण सभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा विभिन्न राजनीतिक परिवर्तन भएर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानले राजनीतिकमा महिलाको सामुनापातिक समावेशीको अधिकार दिएपनी कागजमै सिमित हुन पुगेको मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्रले बताए ।
खास गरेर मधेशमा मुख्यमंत्री ज्युले ५०५ आरक्षणको व्यवस्था भए पनि ठाउँ ठाउँमा बोल्दै गर्दा प्रत्यक्ष तर्फ चुनाबमा ५५ पनि महिलाहरु लाइ सहभागिता न गराउनु , मंत्री मण्डल बनाउँदा पनि समान सहभागिता न गराउनु राजनितिक षडयन्त्र भएको र पितृसतात्मक सोच अहिले पनि समाजमा हावी रहेको टिप्पणी गरे ।
जनसंख्या को दृष्टिकोणले महिलाहरुको जनसंख्या पुरुष भन्दा बढी भएपनि राजनीतिक दल महिलाहरुलाइ हेपेर, पेलेर अगाडी बढे विद्रोह हुने चेतावनी समेत दिए ।
महिलालाइ समान सहभागिता न गराए, उपेक्षा गरिए महिलाहरु पनि एकजुट भएर दिशा परिवर्तन गर्न पछि पर्दैन भन्ने बक्ताहरुले जोडदार आवाज उठाएका थिए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…