हावाहुरी पिडितलाई सांसद साहले राहत दिने
न्यूज ब्यूरो || सिरहा, ६ बैशाख । हाबाहुरीको कारणले पिडित भएका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने सिरहा क्षेत्र न. ४ का “क” प्रदेशसभाका सांसद दिलिप साहले बताएका हुन् । मंगलबार राति आएको हाबाहुरीसंगै परेको पानीमा परी सैयों घरमा क्षति पुगेकाले प्रदेश सरकारसंग तत्काल आबश्यक राहत उपलब्ध गराउन सांसद साहले म

२०७५ बैशाख ६ बिहीबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सिरहा, ६ बैशाख । हाबाहुरीको कारणले पिडित भएका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने सिरहा क्षेत्र न. ४ का “क” प्रदेशसभाका सांसद दिलिप साहले बताएका हुन् ।
मंगलबार राति आएको हाबाहुरीसंगै परेको पानीमा परी सैयों घरमा क्षति पुगेकाले प्रदेश सरकारसंग तत्काल आबश्यक राहत उपलब्ध गराउन सांसद साहले माँग गरेका छन् ।
२ नम्बर प्रदेशका माओबादी केन्द्रका प्रमुख सचेतक समेत रहेका साहले हाबाहुरीले घरमा क्षति भएका र घरबार बिहिन भएका घरपरिबारलाई चाँडै राहत उपलब्ध गराउने आश्बासन दिए ।
हाबाहुरीले क्षति पुर्याएपछि निरिक्षण गर्न मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका बिभिन्न स्थानमा पुगेका सांसद साहले पिडित परिबारलाई आबश्यक सहयोग गर्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…