इञ्जिनियरिङको परीक्षामा कडाइ गरेपछि ६७ मध्ये २ जना मात्र सहभागी, बाँकी बहिष्कारमा
न्यूज ब्यूरो || जनकपुरधाम, ४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोडल क्याम्पस जनकपुर परीक्षा केन्द्रमा बीई सिभिल इञ्जिनियरिङ पहिलो सेमेस्टरको परीक्षा दिइरहेका ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेका छन् । कडाइ गरिएको भन्दै ६७ मध्ये ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेपछि २ जना मात्र परीक्षामा

२०७५ बैशाख ४ मंगलबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोडल क्याम्पस जनकपुर परीक्षा केन्द्रमा बीई सिभिल इञ्जिनियरिङ पहिलो सेमेस्टरको परीक्षा दिइरहेका ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेका छन् ।
कडाइ गरिएको भन्दै ६७ मध्ये ६५ परीक्षार्थीले परीक्षा बहिष्कार गरेपछि २ जना मात्र परीक्षामा सहभागी भएका छन् ।

जनकपुरकै सेन्ट्रल इञ्जिनियरिङ कलेकका विद्यार्थीको परीक्षा केन्द्र मोडेल क्याम्पसमा तोकिएको छ ।
हाल बीई सिभिल इञ्जिनियरिङ पहिलो, तेस्रो, पाँचौं र सातौं सेमेस्टरको परीक्षा चलिरहेको छ । परीक्षा गत चैत २७ गतेबाट शुरु भएको हो ।

पहिलो सेमेस्टरअन्तर्गत सर्भे इञ्जिनियरिङको परीक्षाका लागि केन्द्रमा आएका परीक्षार्थीलाई गेटबाटै चेकजाँच गरेपछि उनीहरू परीक्षामा सहभागी नभएका हुन् ।
चीट निकाल्ने नाममा जथाभावी ढंगले अमर्यादित व्यवहार गरी आफूहरूको मानवअधिकार हनन गरेको परीक्षार्थीहरूको आरोप छ ।
यता परीक्षा केन्द्रका प्रमुख वीरेन्द्र साहले भने आफूहरूले अमर्यादित व्यवहार नगरेको बताए ।

"हामीले यसअघि पनि परीक्षामा कडाइ गर्नुपर्छ भनेर प्रयास गरेका थियौं, हिजो पनि गर्यौं र आज पनि गेटबाटै पुरुष परीक्षार्थीलाई पुरुष र महिला परीक्षार्थीलाई महिला प्रहरीको सहयोगमा चेकजाँच गरी मोबाइल र चिट निकालेका हौं, यसको विरोध गर्दै ६७ मध्ये ६५ परीक्षार्थी परीक्षामा सहभागी भएका छैनन्," उनले भने ।

पत्रकार अजय अनुरागी र लोकान्तर अनलाईनको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…