पाकिस्तानले पनि भारतलाई ५ विकेटले पिटे

२०७९ भदौ २० सोमबार
बिहान ०५:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौँ ।  एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो ।  पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । 

५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए ।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी विश्नोइ, हार्दीक पाड्या र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।  भारतका लागि कोहलीले ६० रनको अर्धशतकिय पारी खेले ।  ४४ बल खेलेका उनले ४ चौका १ छक्का प्रहार गरे । त्यस्तै केएल राहुल र रोहित शर्माले २८–२८ रनको योगदान गरे ।

पाकिस्तानका लागि सहाब खानले दुई विकेट लिए । आजको खेलमा पाकिस्तानले जित निकाल्दै सुपर चारमा आफूलाई बलियो बनाएको छ ।  यता भारतले सुपर चारमा पहिलो हारसँगै सुरुवात गरेको छ ।

  • 1%
  • 4%
  • 0%
  • 0%
  • 94%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७९ भदौ २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus