आज मशाल जुलुस, भोली जनकपुर लगायत ४ अञ्चल बन्दको घोषणा
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । नेकपा माओवादी कम्युनिष्ट पार्टीले भोली बैशाख ४ गते जनकपुर लगायत ४ अञ्चल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कमाण्डको पूर्व घोषित कार्यक्रम अनुसार मँगलबार जनकपुर, सागरमाथा, कोशी र मेची अञ्चल बन्दको घोषणा गरेका छन् । एमाले र माओवादी केन्द्रका सरका

२०७५ बैशाख ३ सोमबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ बैशाख । नेकपा माओवादी कम्युनिष्ट पार्टीले भोली बैशाख ४ गते जनकपुर लगायत ४ अञ्चल बन्दको घोषणा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी पूर्वी कमाण्डको पूर्व घोषित कार्यक्रम अनुसार मँगलबार जनकपुर, सागरमाथा, कोशी र मेची अञ्चल बन्दको घोषणा गरेका छन् ।
एमाले र माओवादी केन्द्रका सरकारले आफ्नै संविधान र कानुन समेत उलंघन गर्दै नागरिकको अधिकार खोसेको भन्दै बन्दको घोषणा गरेको हो ।
यसका साथै मmुठा मुद्दा, दमन , गिरफ्तारी जस्ता कार्य तीव्र गरेको भन्दै विरोध जनाएका छन् ।
पार्टीका केन्द्रीय सदस्य किरण राई सहित ८ जना नेताहरुलाई पार्टीका बैठक बसिरहेको अवस्थामा गत बर्ष चैत्त ५ गते धनकुटा, हिले बजारबाट गिरफ्तार गरिएको तथा उनीहरुलाई चैत्त २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोष साबित गर्दै रिहा गरिएपनि प्रहरीले पुनः गिरफ्तार गरी हिरासतमा राखेको जनाइएको छ ।
सरकारले आफैँले आफ्नो संविधान, कानुन र न्यायिक निकाय समेतको धज्जीया उडाएको तथा देशलाई जबरदस्ती द्धन्द्धतिर धकेलिरहेको भन्दै बैशाख ४ गते बन्दको आह्वान गरेको हो । 
गत चैत्त ३० देखि बैशाख २ गतेसम्म विरोधका कार्यक्रमहरुबारे प्रचारप्रसार गरेका पार्टील आईतबार जनसँघर्ष तथा सोमबार आज साँझ मसाल जुलुस निकाल्ने तयारी गरेको हो ।
भोली ४ गते मँगलबार पूर्वी कमाण्ड साबिक जनकपुर, सगरमाथा, कोशी र मेची बन्दको आह्वान गरिएको पार्टीका पूर्वी कमाण्ड ईन्चार्ज विरहीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…