जनकपुरको भानुचौकमै रोयल गेष्ट हाउसमा खुल्लेयाम यौनधन्दा, गेटमै बस्छन प्रहरी र पत्रकार
केही दिन अगाडी सोही गेष्ट हाउसमा यौनधन्दाको विषयलाई लिएर लफडा हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्री समेत पुगेका थिए, तर उनले केही गरेनन् ।

२०७९ भदौ ७ मंगलबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुटु मानिने भानुचौकमै खुल्लेआम यौनधन्दा चलिरहँदा प्रहरी र पत्रकार अप्रत्यक्ष पहरेदारी गरिरहेका छन् ।
भानुचोकस्थित रहेको लक्ष्मी बैँक र न्यू ए टु जेड कम्यूटर सेन्टरको दक्षिणपट्टिको गल्लीमा खुल्लेआम यौनधन्दा सँचालन भईरहेको छ ।
सधैँ प्रहरीको ड्युटी रहने सो गल्लीको मुख्यद्धारमा जनकपुरका केही पत्रकारहरुको पनि बैठक स्थल हुन् । भानुचोकस्थित रहेको होटेल रोयलमा यौनधन्दा सँचालन रहेको छ ।
नाम मात्रको लागि होटल राखिएको सो भवनमा मात्र यौनधन्दा सँचालनमा रहेको छ । होटल रोयल नाम राखिएको सो भवनमा होटल सम्बन्धी कुनै पनि कार्य भइनरहेको पाईएको छ ।
बाहिरबाट युवतिहरुलाई मगाएर सो बिल्डीँगमा यौनधन्दा सँचालनमा राखेको छ । महिनौँदेखि सो गेष्ट हाउमा यौनधन्दा सँचालनमा रहेपनि त्यहाँका प्रहरी र पत्रकार कृतिम अनभिज्ञता देखाएका छन् ।
नेपाल पत्रकार महासँघ धनुषा शाखाकै केही पदाधिकारी मात्र नभई अन्य पत्रकारहरु प्रायः त्यही बस्ने गरेका छन् । प्रहरीको ड्युटी पनि सोही गल्लीको द्धारमा हुने गरेको छ ।
गाउँस्तरसहित भारतबाट समेत ग्राहकहरु आउने गरेको बताइएको छ । बिहानैदेखि ग्राहकहरु गेष्ट पस्न थाल्छन् भने त्यहाँ रहेको एक शैक्षिक सँस्थानमा पढन जाने किशोरीहरुलाई समेत ग्राहकहरुले जिस्काउने गरेको आरोप लगाइएको छ ।
जानकारी अनुसार, सो गेष्टहाउसमा प्रहरीकै मिलोमत्तोमा यौनधन्दा सँचालनमा रहेको छ । त्यहाँ रहेको दुई वटा बिल्डीँङगमा यौनधन्दा सँचालनमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…