भारतीय सेयर बजारका बादशाह झुनझुनवालाको निधन
न्यूज ब्यूरो,मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका

२०७९ साउन २९ आइतबार, दिउँसो १२:०५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो,मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए ।
यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।
उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनका पिता आयकरमा कर्मचारी थिए । उनलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।
५ जुलाई १९६० मा जन्मिएका झुनझुनवाला मुम्बईमा हुर्केका थिए । उनका बुबा आयकर अधिकारी थिए । स्टक बजारमा लगानी गर्ने उनको झुकाव किशोरावस्थामा सुरु भयो । उनका बुवाले दिनहुँको खबरले सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा ध्यान दिन आग्रह गर्थे ।
सेयर बजारमा झुनझुनवालाको चासो बढ्दै गयो । सिडेनहम कलेजमा पढ्दै गर्दा झुनझुनवालाले सन् १९८५ देखि सेयर बजारमा पैसा लगानी गर्न थालेका थिए ।
चार्टर्ड एकाउन्टेन्सी पूरा गरेपछि उनले बुबासँग सेयर बजारमा लगानी गर्ने इच्छा व्यक्तगरेका थिए । तर, बुवाल चार्टर्ड एकाउन्टेन्ट भएर करियर बनाउन सकिने बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…