मधेश प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको मोनाष्टिक स्कूलका यादवलाई डिआईजीद्धारा सम्मान
मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले A+, ७१ जनाले A, ७३ जनाले B+, ३५ जनाले B र ६ जनाले C+ ग्रेड ल्याएका छन् । त्यस्तै, विद्यालयका प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।

२०७९ साउन २६ बिहीबार, राति ११:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । २०७८ सालको एसईई परीक्षामा जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याउने छात्र प्रवेश यादवलाई विद्यालयले सम्मान गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् ।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट नतिजा ल्याउने छात्र यादलाई नगद २५ हजार र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार मोनाष्टिकमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेका छन् ।
देशभरीमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक हुन् ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई मोनाष्टिकले पूरा गरेको कुरा एसईई २०७८ ले घाम झै छर्लङ्ग गरेको विद्यालयका निर्देशक डा. सोनु साहले बताए ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…