नितिश कुमारले दिए मुख्यमन्त्री पदबाट राजीनामा, तेजस्वी यादव उपमुख्यमन्त्री बन्ने
तेजस्वी यादवले नयाँ सरकारमा उपमुख्यमन्त्री बन्ने भएको छ । नीतिश कुमारले १६४ विद्यायकको समर्थनसहितको चिठ्ठी राज्यपाललाई सुम्पेको छ । जसमा जेडियु ४५, आरजेडी ७९, काँग्रेस १९ र अन्य विद्यायकहरुमा २१ जना विद्यायकको नाम समावेश छ ।

२०७९ साउन २४ मंगलबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको बिहार राज्यको मुख्यमन्त्री रहेका नितिश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
जनता दल (युनाइटेड) का नेता समेत रहेका नीतिश कुमारले मँगलबार बिहार राज्यपाल फागू चौहानसँग भेट गरी राजीनामा दिएका छन् ।
उनले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । यसपछि नीतिशि कुमारले सीधा आरजेडी नेतृ राबडी देवीको आवास पुगेको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् ।
सो क्रममा आरजेडीका नेता तेजस्वी यादव पनि उपस्थित थिए । त्यहाँ बैठकपछि नीतिश कुमार र तेजस्वी पैदल नै अणे मार्ग पुगे । महागठबन्धन (आरजेडी, काँग्रेस र बाम दलहरु) मा समावेश नेताहरु समेत उपस्थित थिए । बैठकबाट नीतिश कुमारलाई महागठबन्धनको नेता चुनिएको हो ।
यसपछि एउटै गाडीमा सवार भएर नितिश कुमार र तेजस्वी यादव ललल सिँहसँगै राजभवन पुगेर सरकार बनाउने दाबी पेश गरे ।
तेजस्वी यादवले नयाँ सरकारमा उपमुख्यमन्त्री बन्ने भएको छ । नीतिश कुमारले १६४ विद्यायकको समर्थनसहितको चिठ्ठी राज्यपाललाई सुम्पेको छ । जसमा जेडियु ४५, आरजेडी ७९, काँग्रेस १९ र अन्य विद्यायकहरुमा २१ जना विद्यायकको नाम समावेश छ ।
आरजेडी सुत्रको अनुसार, बैठकमा जद (यू) नेता नीतिश कुमारले तेजस्वी यादवसँग २०१७ मा भएको पुरानो कुरालाई बिर्सिदिन आग्रह गर्दै नयाँ अध्याय सुरु गर्न भनेका थिए ।
यता, नीतिश कुमारले बिजेपीसँग काम गर्न मुस्लिक भइरहेको भन्दै भारतीय जनता पार्टीसँगको गठबन्धन ब्रेक गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…