जनकपुरमा खुल्लेआम अर्धनँगा डान्स स्टण्ट
न्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । शान्ती, धार्मिक एवम् परम्पराको पर्वको रुपमा मनाउने नेपाली नयाँ बर्षमा जनकपुमा अर्धनँगा डान्स स्टण्ट गराएर धार्मिक सहिष्णुता र सँस्कृति उपर ठाडो प्रहार गरिएको छ । नयाँ बर्षको अवसर पारेर विश्वमै बेग्लै सँस्कृतिले प्रख्यात मिथिला सँस्कृति उपर अर्धनग्न नृत्य गराएर प्

२०७५ बैशाख १ शनिबार, राति ८:४१ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ बैशाख । शान्ती, धार्मिक एवम् परम्पराको पर्वको रुपमा मनाउने नेपाली नयाँ बर्षमा जनकपुमा अर्धनँगा डान्स स्टण्ट गराएर धार्मिक सहिष्णुता र सँस्कृति उपर ठाडो प्रहार गरिएको छ ।
नयाँ बर्षको अवसर पारेर विश्वमै बेग्लै सँस्कृतिले प्रख्यात मिथिला सँस्कृति उपर अर्धनग्न नृत्य गराएर प्रहार गरेको हो ।

जनकपुर उद्योग वाणिज्य सँघको परिसरमा शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको "जनकपुर एक्सपो एण्ड म्यूजिकल फेस्टीवल २०७५" नाम दिएको उक्त ईभेन्टमा बाहिरबाट महिला नर्तकी बोलाएर अति छोटो छोटो कपडामा नृत्य गराउँदै बाईक स्टण्ट समेत गरिएको हो ।

जनकपुरको सेन्ट्रल ईन्जियरिँग कलेजको ठुल ठुला बैनर लगाएर उक्त नृत्य गराइएको हो ।
जानकारी अनुसार, उक्त ईभेन्ट र कार्यक्रम सेन्ट्रल ईन्जिनीयरिँग कलेजका सँचालकका छोरा सँगम झाले आयोजना गरेका थिए भने कलेजले कार्यक्रम स्पोन्सर गरेका थिए ।

सँगम ईभेन्ट म्यानेजमेन्ट सँस्थाद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा बाहिरबाट ल्याइएका महिला नर्तकी र मोडेलहरुले अति सानो सानो कपडामा अश्लिल खाले नृत्य गरिरहेकी थिइन भने आयोजक झा समेत नर्तकीसँगै झुमिरहेको देखिए ।

कलेजको प्रचारप्रसार सहित नयाँ बर्ष बेग्लै ट्रेन्डमा मनाउने दृष्टिकोणले आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक जम्मा गर्ने तथा कलेजकै प्रचारप्रसारको लागि मोडेलहरुलाई बोलाइएको बुझिएको छ ।
धनुषामा मिथिला सँस्कृति बाहेकका महिला नर्तकी तथा त्यस्त अश्लिल नृत्यमा प्रतिबन्ध लगाइएपनि आयोजकले सरोकारबाला कुनै पनि सँस्थालाई जानकारी नै नदिई कार्यक्रम गरेको हो ।
चैत्त ३० र बैशाख १ गते भनेर जनकपुरको रौनियार सेवा समिति आमन्त्रण पत्रमा उल्लेख गरिएपनि अन्तत उद्योग वाणिज्य सँघको परिसरमा कार्यक्रम सम्पन्न गराइएको हो ।
गिफ्ट ह्याम्पर, लाईव कन्सर्ट, डान्स, स्टण्ट शो र ३० बढी एजुकेशनल ईन्टीच्युट एक्सपो भनेर आमन्त्रणमा उल्लेख गरिएको छ ।
कार्यक्रमको दौरान नृत्यमा सहभागी तथा कार्यक्रममा सहभागी अन्य नर्तकी तथा मोडेलले सार्वजनिक स्थलमै चुरोट सल्काएर खानु कत्तै न कत्तै जनकपुरको सँस्कृतिलाई उपहास गरिएको छ ।

यता, यस्ता कार्यक्रम उद्योग वाणिज्य सँघको प्राँगनमा गरिएको बारे सँघका अध्यक्ष ललित कुमार साहलाई सोध्दा आफूलाई यस्ता कार्यक्रमबारे कुनै जानकारी नभएको बताए ।
"मलाई केही पनि थाहा छैन, भर्खर एक घण्टा अघि मात्र फोन आएको थियो की यस्तो प्रकारको कार्यक्रम गरिएको छ । कुनै स्टाफले बुक गरेको होला हल, तर मलाई थाहा भएन । हामी यस्तो कार्यक्रम गर्न निषेध गरेका छौँ र गर्न पनि दिदैनौ । फोन आएलगत्तै मैले बन्द गर्न आदेश गरेको छु ।" न्यूज ब्यूरोसँग भने ।
यसका साथै , यस्ता नृत्य तथा कार्यक्रममा जनकपुरमा प्रतिवन्ध गरिएपनि कार्यक्रम हुनु र प्रहरी मौन बस्नु भनेर सोध्दा प्रहरीलाई समेत कुनै प्रकारको जानकारी नभएको जनाएको छ ।

साँझ न्यूज ब्यूरोसँग कुरा गर्दै धनुषाका डिएसपी प्रविण धितालले भने, "यस्ता कार्यक्रम आयोजना गर्नूपूर्व जिल्ला प्रहरी कार्यालय धनुषामा कुनै सँघसँस्थाले पत्र काटनुपर्छ, तर यो कार्यक्रम बारे कुनै प्रकारको पत्र, वा जानकारी आएको छैन् । अघि जानकारी भएको भए प्रहरी टोली पठाउँथे तर समाप्त भइसकेको छ, भर्खरै जानकारी आएको छ । यस्ता क्रियाकलाप धनुषामा प्रतिवन्ध छ ।"
यता, उक्त कार्यक्रमलाई अधिकाँश युवाहरुले भने साकारात्मक रुपमा लिएका छन् । २१ औँ शताब्दीमा यस्ता उमँगभरि कार्यक्रम गर्नुपर्छ भनेर तर्क गरेका छन् ।
सँस्कृतिविद् एवम् वरिष्ठ साहित्कार डा. राजेन्द्र विमलले यो कार्यक्रमलाई नाकारात्मक र सँस्कृति विपरितको कार्यक्रम भनेर सँज्ञा दिएका छन् ।
गीत सँगीत र पहिरनले सँस्कृति मात्र होईन की पहिचान र कलालाई समेत जीवन्त राख्दछ । पहिरन पहिचान दर्साउँद , हालाकी वर्तमान स्थितिमा यसलाई साकारात्मक नै लिइएको छ तर साकारात्मक भन्दा पनि आफ्नो कला, शैली र सँस्कृतिलाई जोगाउनु दायित्व र धर्म बन्छ । यदि यस्ता प्रकारको कार्यक्रम गरिएको छ भने यो उचित होइन । उनले न्यूज ब्यूरोसँग भने ।

यसअघि समेत जनकपुरमा केही दिनअघि मिस एण्ड मिस्टर जनकपुर भनेर आयोजना गरिएको ईभेन्ट अडिसन कार्यक्रममा युवतिहरुलाई अति छोटो छोटो पहिरन लगाएर रयाम्प वाक गराएपछि चर्को विरोध भएको थियो ।

केही दिन यता जनकपुरका केही युवाहरुले ईभेन्ट म्यानेजमेन्ट सँस्था दर्ता गराएर यस्ता प्रकारका कार्यक्रमहरु आयोजना गर्ने क्रम बढेको छ ।
गएराती जनकपुरको जिरोमाईल स्थित आईटी पार्कमा समेत ड्रिन्क पार्टीको आयोजना गरेर मिथिला सँस्कृतिप्रति प्रहार नै गरिएको हो ।
कार्यक्रम स्पोन्सर गरेका सेन्ट्रल ईन्जिीनीयरिँग कलेजका सँचालक विजय झाले भने यसबारे केही प्रतिक्रिया नदिने बताए ।
कसैले स्पोन्सर माग्न आएपछि कलेजले मात्र स्पोन्सर गरेको उनले थपे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…