अपन मिथिला सेवा समाज कतार शाखाको बैठक सम्पन्न, समाज परिवर्तनमा विशेष जोड
बिनय यादव सिरहा, १ बैशाख । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही विभिन्न देशहरुमा छरिएर रहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको कतार शाखाको बैठक सम्पन्न भएको छ । ‘अपन मिथिला सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’, ‘सेवा नै धर्म, मानव सेवा नै धर्म’ भ

२०७५ बैशाख १ शनिबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

बिनय यादव
सिरहा, १ बैशाख । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही विभिन्न देशहरुमा छरिएर रहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको कतार शाखाको बैठक सम्पन्न भएको छ ।

‘अपन मिथिला सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’, ‘सेवा नै धर्म, मानव सेवा नै धर्म’ भन्ने मूल नाराका साथ कतारको एक सार्वजनिक स्थलमा बैठक सम्पन्न भएको हो ।

बैठक कतार शाखाका अध्यक्ष मंसाराम यादवको अध्यक्षतामा बसेको थियो । साथै, बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलामा कतारमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस बैठकबाट विभिन्न समाजिक विषयहरु माथि छलफल गरिएको छ ।
हिजो अप्रील १३ तारिख सम्पन्न बैठकमा कतार शाखाका अध्यक्ष मंसाराम यादवले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित तमाम दर्शक, कार्यक्रमलाई सफल बनाउनका लागि सहयोगी भूमिका खेल्नुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।
नेपाली समाजमा विद्यमान रहेका विभिन्न किसिमका अन्याय, अत्याचार, महिला हिंसा, छुवाछूत, भेदभाव, दहेज प्रथा, बाल बिवाह लगायतका जल्दाबल्दा समस्याहरु समाजबाट अन्त्य गर्न आफुहरु निरन्तर लागीपरेको अध्यक्ष यादवले थपे । 
साथै, रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर अन्य-अन्य देशलाई कर्मभूमि बनाई श्रम गरिरहनु भएका नेपालीहरुलाई अपन मिथिला सेवा समाजसँग आवद्ध हुन आग्रह गरिएको छ । यस संस्थाको प्रधान कार्यालय जनकपुरमा रहेको छ । स्मरणरहोस्, संस्थाका हरेक बैठकमा नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गराउन सकिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…