विरामी छोरीलाई कुटेपछि ससुराले काटिदिए आफ्नै ज्वाईंको घाँटी 

२०७९ श्रावण १६ सोमबार
बिहान ११:२३ बजे
न्यूज ब्यूरो, डेस्क
FilePhoto

न्यूज ब्यूरो, जनकपुरधाम । विरामी भएकी छोरीलाई ज्वांइले पटक पटक कुटपिट गरेको भन्दै एक ससुराले आफ्नै ज्वाईंलाई घाँटी काटेर मारिदिएका छन् । 

छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशको चित्तूरमा एक ससुराले आफ्नै ज्वाईंको घाँटी काटिदिएको समाचार बाहिरिएको छ । 

त्यहाँस्थित रहेको शंकरैयागुँटा गाउँस्थित साईबाबा नामक एक व्यक्तिको विवाह १० बर्षअघि हसिना नामक युवतिसँग भएको थियो । दुवै जना लभ म्यारिज (प्रेम विवाह) गरेका थिए । 

जानकारी अनुसार, दुवै जनाबीच केहीदिनपछि नै झगडा सुरु भएको थियो । दुवै जनालाई एक आपसमा सधैँ झगडा भईरहने गरेको छिमेकीहरुलाई उदृत गर्दै भारतीय प्रहरीले जनाएको छ । 

चित्तूरका सई मल्लिका अर्जुनका अनुसार, मृतक व्यक्तिको भाईले उनको ससुरमाथि रिपोर्ट दर्ज गराएको छ । प्रारम्भिक अनुसन्धानले उनको ससुराले धारिलो चाकु लिएर उनको घाँटी काटिदिएको बताइएको छ । 

जानकारी अनुसार, साईबाबा भन्ने व्यक्ति (ज्वाई) ले आरोपितको छोरीलाई पटक पटक कुटपिट गर्दै आएका थिए । उनकी छोरी हसिना विगत कैयौँ महिनादेखि विरामी थिइन् । विरामी भएपनि उनलाई कुटपिट गर्दै आएको थियो । 

यस बारेमा उनको ससुरालाई थाहा भएपछि उनले आफ्नो ज्वाईलाई सम्झाउने धेरै प्रयास गरेका थिए । उनले आफ्नो छोरी विरामी रहेको र उनलाई कुनै प्रकारको यातना, कुटपिट नगर्न आग्रह गर्दै आएका थिए । 

उनको ससुराले उनलाई यति सम्झाएपनि उनी उनको छोरीलाई निरन्तर कुटपिट गर्न थालेपछि आवेगमा आएर उनको घाँटी काटिदिएको बताइएको छ । 

यसको लागि उनको ससुराले ज्वाईलाई सम्झाउँदा सम्झाउँदै थाकेपछि उनलाई मारिदिने योजना बनाएका थिए । उनको घर गएर ज्वाईको घाँटी धारिलो चाकुले रेटिदिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

सई मल्लिका अर्जनुको अनुसार, लासलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । यता, आरोपितमाथि मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । 
 

  • 0%
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ श्रावण १६ सोमबार

Bureau Menus