बजार अनुगमन टोली आएपछि सट्टर झारेर भागे व्यापारीहरु, प्रहरीमाथि शँका 

२०७९ श्रावण १४ शनिबार
रति ९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रशासनले अहिले धनुषा जिल्लाको विभिन्न स्थानमा अनुगमन कार्यलाई तीव्रता दिएको छ । प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमनलाई तीव्रता दिएको छ । 

सोही क्रममा धनुषाको शहिदनगर नगरपालिका स्थित यदुकुहामा शुक्रवार भएको बजार अनुगमन गर्न जाँदा व्यापारीहरु सट्टर झारेर भागेका हुन् । 

जनकपुरधामबाट बजार अनुगमन टोली आउन लागेको सूचना पाएपछि स्थानीय व्यापारीहरुले पसलहरु बन्द गरेर भागेको अनुगमन टोलीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा शुक्रवार दिउँसो यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार सुनसान देखेपछि अनुगमन टोलीले प्रहरी उपर नै शँका गरेको छ । 

अनुगमन टोली संयोजक समेत रहेका जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय प्रमुख किरण कुमार मिश्रका अनुसार अनुगमन टोली पुग्नु भन्दा पहिला नै व्यापारी तथा व्यवसायीहरु आ आफना सटर झारेर फरार भएका थिए ।

बजार अनुगमनको क्रममा हुन सक्ने उच्श्रृङखल घटनालाई ध्यानमा राखेर अनुगमनमा जानु भन्दा करिव १ घण्टा पहिला नै इलाका प्रहरी कार्यालय, यदुकुहामा शान्ति सुरक्षाको व्यवस्था गर्न जानकारी गराइएको थियो ।

अनुगमन टोली संयोजक मिश्रले भने–अनुगमन सम्बन्धी गोप्य जानकारी प्रहरीबाट लिक भएको हुन सक्छ । यस सम्बन्धमा श्रीमान् प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गरिने उनले बताए ।

अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका प्रमुख देवेन्द्र कुमार झाले बजार अनुगमन सम्बन्धी गोप्त सूचना लिक गरेर अनुगमन समितिलाई असहयोग गर्नु निन्दनीय भएको उल्लेख गरे । 

बजार अनुगमनमा प्रहरी प्रशासनको पनि महत्वपुर्ण सहयोग आवश्यक छ, घरेलु कार्यालय प्रमुख झाले भने–यस सम्बन्धमा छानबिन गरी असहयोग गर्ने माथि कारवाही हुनुपर्छ ।

इलाका प्रहरी कार्यालय, यदुकुहाका एक जना प्रहरीले अनुगमन टोली आउनु भन्दा पहिला सम्पुर्ण व्यापारी तथा व्यवसायीहरुलाई अनुगमन सम्बन्धी जानकारी गराएको आरोप लगाए ।

मोटरसाइकल चढेर आएका एक जना प्रहरीले केही व्यापारी तथा व्यवासायहरुलाई बजार अनुगमन सम्बन्धी जानकारी गराएको थियो उनले भने–केही समय पछि त सम्पुर्ण पसलहरु धमाधम बन्द हुन थाल्यो ।

यता, ईलाका प्रहरी कार्यालय यदुकूहाकै कुनै प्रहरीले अनुगमन टोली आउनुभन्दा अघि नै सूचना लिक गरेको आरोपलाई अस्विकार गरिएको छ । निमित्त ईन्चार्ज एवम् ईलाका प्रहरी कार्यालय यदुकूहाका सई शारदा शँकर साहले आरोपलाई खण्डन गरे । 

उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट अधिकृतको फोन आएको र ईलाकामा टोली आउने वित्तिकै प्रहरीसँगै पठाएको बताउँदै निराधार शँकाको भत्र्सना समेत गरे । 

उनले भने, –“शुक्रबार बिहानैदेखिको कल रेकर्ड चेक गरियोस्, बजार अनुगमन सराहनीय कार्य हो, हामीले पनि यसको लागि प्रशँसा गरेका छौँ, व्यापारीहरुलाई जानकारी दिएर वा भगाएर प्रहरीलाई के फाईदा हुन्छ त ? हामी किन सूचना लीक गर्ने ? यस्ता आरोप लगाउनेमाथि कारवाही हुनुपर्छ की नाई ?”

प्रहरीले अनुमगन टोलीलाई सदैव सघाएको बताउँदै सई साहले बजारमा अनुगमन टोली पस्नुभन्दा अघि नै व्यापारीहरुलाई कसले जानकारी गराएको बारे आफूलाई कुनै जानकारी नरहेको र यसको बारेमा छानबिन सुरु गरेको बताए । 

यता, घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहले अनुगमन टोलीलाई देखेर भाग्नु पर्ने आवश्यकता नरहेको बताए । 

बजार अनुगमन व्यपारी तथा व्यवसायहीहरुकै हितको लागि गर्ने गरिएको छ, उनले भने–अनुगमनको क्रममा व्यवसाय दर्ताबाट हुने फाईदा, दर्ता प्रक्रिया, नवीकरण, भ्याट बिल, राजस्व लगायतको सम्बन्धमा जानकारी गराउने गरिएकाले सटर झारेर झाग्नुको कुनै अर्थ छैन ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा दुई दिने एथलेटिक्स प्रतियोगिता, मनोकामना बोर्डिँग स्कूल प्रथम

  • २०७९ श्रावण १४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित सो एथलेटिक्स टुर्नामेन्टमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }