IAAS नेपालको राष्ट्रिय महाधिवेशन पक्लिहवा क्याम्समा हुँदै, कृषि क्षेत्रमा नयाँ अनुभव हुने
अधिवेशनबाट नेपालमा कृषिप्रतिको नयाँ दृष्टिकोण प्रवद्र्धन विकास गर्ने, क्याम्पस कमिटिहरुको बीचमा बलियो सँजाल र सम्बन्धलाई सुदृढ र स्थापित गर्ने, कृषि उद्यमशिलता र कृषि सम्बन्धी ज्ञानको आदानप्रदान प्रविधिको बारेमा चर्चा गर्ने, कृषि क्षेत्रका विद्यार्थी, युवा अनुसन्धानकर्ता र अन्यको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु रहेको महासँघका रवि राउतले जानकारी दिए ।

२०७९ साउन १४ शनिबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कृषि विज्ञान क्षेत्रको विद्यार्थीहरुको सबभन्दा ठुलो सँगठन अन्तराष्ट्रिय कृषि विज्ञान विद्यार्थी सँगठन (IAAS) को राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
कृषि विज्ञान क्षेत्रमा नयाँ आयामसहित यस क्षेत्रका विद्यार्थीहरुले लुम्बनी प्रदेशको रुपन्देहीस्थित रहेको पक्लिहवा क्याम्पसमा हुने भएको छ ।
आउँदो साउन ३० गतेदेखि भदौ ३ गतेसम्म चल्ने सो अधिवेशनमा कृषि विज्ञानसँग आस्था राख्ने विभिन्न क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ताहरुले सहभागीता जनाउन पाउने आयोजक समितिले जनाएको छ ।
४ दिनसम्म चल्ने सो अधिवेशनमा सँस्थाको तर्फबाट अहिलेसम्मको सबभन्दा ठुलो कार्यक्रम आयोजना गरिएको दाबी गरिएको छ । प्रत्येक वर्ष आयोजना हुने यस्ता अधिवेशन वा कार्यक्रमले सँस्थासँग जोडिएका सदस्यहरुलाई एकसाथ लिएर जाने योजना लगाएको हो ।
अधिवेशनको क्रममा सँस्थाको आगामी उदेश्य, लक्ष्य, क्याम्पस कमिटि गठन र अनुसन्धानकर्ताहरुको लागि आगामी वर्षको रणनीतिहरुबारे छलफल हुने जनाएको छ ।
अधिवेशनमा देशभरिका कृषि तथा विज्ञानसम्बन्धीत क्षेत्रमा गरिएका अभ्यास र सँजालहरुको अवसरहरुको बारेमा गहन छलफल हुनुको साथै अनौपचारिक सत्रहरु, प्रशिक्षण, कार्यशाला, प्रतिवेदन प्रस्तुतिकरणहरु हुने जनाइएको छ ।
५० भन्दा अधिक देशहरुबाट १० हजार भन्दा अधिक विद्यार्थीहरु जोडिएको यो सँस्थाको अधिवेशनको क्रममा मनोरञ्जनात्मक कार्यक्रम, साँस्कृति कार्यक्रम, खेलसत्र, पुरस्कार वितरण, विकास कोष सत्र, राष्ट्रिय कमिटि हस्तान्तरणको कार्यक्रहरु हुने भएको छ ।
अधिवेशनबाट नेपालमा कृषिप्रतिको नयाँ दृष्टिकोण प्रवद्र्धन विकास गर्ने, क्याम्पस कमिटिहरुको बीचमा बलियो सँजाल र सम्बन्धलाई सुदृढ र स्थापित गर्ने, कृषि उद्यमशिलता र कृषि सम्बन्धी ज्ञानको आदानप्रदान प्रविधिको बारेमा चर्चा गर्ने, कृषि क्षेत्रका विद्यार्थी, युवा अनुसन्धानकर्ता र अन्यको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु रहेको महासँघका रवि राउतले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…