भारतीय काँग्रेस नेता राहुल गान्धी पक्राउ

२०७९ श्रावण १० मंगलबार
बेलुकी ५:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । 

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

सोनीया गाँधीको ईडी काण्डपछि त्यसको विरोध गर्न विजय चौकमा धर्नामा बसेका राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएर लगेको छ । उनलाई बसमा बसाएर प्रहरीले लगेको छ । 

त्यसअघि प्रहरीले राहुल गान्धीलाई धेरै बेरसम्म मनाउन थालेका थिए । ईडीको काम कारवाही कानुन बमोजिम नै चलिरहेको भन्दै प्रहरीले यहाँ धर्नामा नबस्न आग्रह गरेपनि गान्धी नमानेपछि पक्राउ गरिएको हो । 

नेशनल हेराल्ड प्रकरणमा सोनीया गान्धीसँग पुनः सोधपुछ भइरहेको छ । एक महिला अधिकारी समेत ३ जना अधिकारीले सोनियाँ गान्धीसँग सोधपुछ गरिरहेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

सोनीया गाँधीको ईडीमा पेशीपछि भारतीय काँग्रेसले यसलाई राजनीतिक प्रतिशोधको सँज्ञा दिएको छ । उनीहरुले विपक्षी पार्टीले यस्तो गर्न लगाएको आरोप लगाएको छ । 

यता, सोनियाँ गाँधीको सोधपुछ गरेको भन्दै भारतीय काँग्रेस पार्टीले त्यसको विरोधमा देशव्यापी रुपमा सत्याग्रह सुरु गरेको छ । (ED = Enforcement Directorate - 

राजस्व विभाग, वित्त मंत्रालय, भारत सरकार)
  • 0%
  • 67%
  • 0%
  • 0%
  • 17%
  • 17%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७९ श्रावण १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus