भारतीय काँग्रेस नेता राहुल गान्धी पक्राउ
नीया गाँधीको ईडीमा पेशीपछि भारतीय काँग्रेसले यसलाई राजनीतिक प्रतिशोधको सँज्ञा दिएको छ । उनीहरुले विपक्षी पार्टीले यस्तो गर्न लगाएको आरोप लगाएको छ ।

२०७९ साउन १० मंगलबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।
सोनीया गाँधीको ईडी काण्डपछि त्यसको विरोध गर्न विजय चौकमा धर्नामा बसेका राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएर लगेको छ । उनलाई बसमा बसाएर प्रहरीले लगेको छ ।
त्यसअघि प्रहरीले राहुल गान्धीलाई धेरै बेरसम्म मनाउन थालेका थिए । ईडीको काम कारवाही कानुन बमोजिम नै चलिरहेको भन्दै प्रहरीले यहाँ धर्नामा नबस्न आग्रह गरेपनि गान्धी नमानेपछि पक्राउ गरिएको हो ।
नेशनल हेराल्ड प्रकरणमा सोनीया गान्धीसँग पुनः सोधपुछ भइरहेको छ । एक महिला अधिकारी समेत ३ जना अधिकारीले सोनियाँ गान्धीसँग सोधपुछ गरिरहेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
सोनीया गाँधीको ईडीमा पेशीपछि भारतीय काँग्रेसले यसलाई राजनीतिक प्रतिशोधको सँज्ञा दिएको छ । उनीहरुले विपक्षी पार्टीले यस्तो गर्न लगाएको आरोप लगाएको छ ।
यता, सोनियाँ गाँधीको सोधपुछ गरेको भन्दै भारतीय काँग्रेस पार्टीले त्यसको विरोधमा देशव्यापी रुपमा सत्याग्रह सुरु गरेको छ । (ED = Enforcement Directorate -
राजस्व विभाग, वित्त मंत्रालय, भारत सरकार)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…