Close This

बाराका 'नुर मोहम्मद' लाई पक्राउ गर्न भारत सरकारले राख्यो ३ लाख रुपैयाँ ईनाम

२०७९ श्रावण ७ शनिबार
दिउसो १२:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लाका एक युवकमाथि भारत सरकारले ३ लाख रुपैयाँको ईनाम राखेको सूचना टाँस भएको छ । 

मधेश प्रदेशको बारा जिल्ला बिजलपुर, पण्डितपुर बस्ने भनिएको नुर मोहम्मद नामक युवकको बारेमा जानकारी दिनेलाई भारत सरकारले ३ लाख रुपैयाँ नेपाली ईनाम दिने घोषणा गरेको छ । 

जाली भारतीय मुद्रा नोट रैकेटका सदस्य भनिएको नुर मोहम्मदलाई पक्राउ गर्न भारत सरकारले ईनाम राखेको हो । 

भारत सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अन्वेषण अभिकरण (National Investigation Agency) ले रक्सौल बजारमा सूचना टाँस गरी उनलाई पक्राउ गर्ने वा उनको बारेमा जानकारी दिनेलाई भारु २ लाख रुपैयाँ ईनाम दिने उल्लेख गरिएको छ । 

जो व्यक्ति बारा जिल्लाको बिजलपुर, पण्डितपुर बस्ने एस मोहम्मदका छोरा नुर मोहम्मदको बारेमा कोही जानकारी दिएमा उनको जानकारी गोप्य राखिनेछ भने उनलाई २ लाख रुपैयाँ भारु ईनाम समेत दिने भएको छ । 

नुर मोहम्मदको बारेमा जानकारी दिनको लागि भारतीय राष्ट्रिय अन्वेषण अभिकरणल [email protected] ठेगानाको ईमेल समेत जारी गरेको छ । 


  • 41%
  • 1%
  • 1%
  • 1%
  • 0%
  • 54%

स्कूलमा नोकरीको लागि हेडमास्टर ७ लाख र समितिले ४ लाख घुस मागे

  • २०७९ श्रावण ७ शनिबार

न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक) को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर ३

पूरा पढ्नुहोस्

Bureau Menus