अधिकृतकै मिलोमत्तोमा नक्कली रसिद , वडाध्यक्ष, प्रा.स. हजारौँ लुटे
न्यूज ब्यूरो || जनकपुरधाम, ३० चैत्त । धनुषाको जनकनन्दी गाउँपालिकाका अधिकृतकै मिलोमत्तोमा वडाध्यक्ष र प्राविधिक सहयाक (प्रा.स.) ले सेवाग्राहीबाट हजारौँ रकम लुटेका छन् । गाउँपालिकाका अधिकृत कुलानन्द झा कै मिलोमत्तोमा वडा नं. ४ खजुरीका वडाध्यक्ष हरिशचन्द कामत र प्रा.स. प्रमोद कुमार मण्डल ले साबिक गाविस

२०७४ चैत ३० शुक्रबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३० चैत्त । धनुषाको जनकनन्दी गाउँपालिकाका अधिकृतकै मिलोमत्तोमा वडाध्यक्ष र प्राविधिक सहयाक (प्रा.स.) ले सेवाग्राहीबाट हजारौँ रकम लुटेका छन् ।
गाउँपालिकाका अधिकृत कुलानन्द झाकै मिलोमत्तोमा वडा नं. ४ खजुरीका वडाध्यक्ष हरिशचन्द कामत र प्रा.स. प्रमोद कुमार मण्डलले साबिक गाविस खजुरी चन्हाकै रसिदमा गाउँपालिकाको रसिद भनेर नक्कली रसिद काटी हजारौँ रकम कुम्ल्याउँदै राजस्व खाएका छन् ।
गाविसको रसिदमा हजारौँ सेवाग्राहीको रसिद काटिनुको साथै रसिदमा तोकिएको भन्दा अधिक र चर्को दस्तुर लिएको देखिएको छ ।
नाता प्रमाणित वा जन्मदर्ता, सिफारिसहरुमा बढीमा २०० र कम्तिमा ५० रुपैयाँ मात्र तोकिएपनि २ सय ५० देखि ३ सय रुपैयाँसम्म अबैद्यानिक शुल्क लिएको देखिएको छ ।
गाविसको रसिदमा गाउँपालिकाको नक्कली बिल

गत वर्ष २०७३ चैत्तदेखि नै स्थानीय तह लागु भएपनि २०७४ सम्म गाविसकै रसिद काटिएको देखिएको छ । जबकी २०७३ फागुनपछि नै गाउँपालिका लागु भईसकेको हो ।
गाविसकै रसिदमा गाविसको कार्यालय खजुरी चन्हा लेखिएकोलाई काटेर जनकनन्दी गाउँपालिकाको कार्यालय कलमले बनाएको प्रष्ट देखिएको छ ।
यता, नक्कली रसिद र चर्को अबैद्यानिक रकम असुली बारे जनकन्दनी गाउँपालिकाका शाखा अधिकृत कुलानन्द झालाई सोध्दा यसबारे बुझेर भन्ने बताए । तर हालसम्म कुनै जानकारी नगराएको तथा फोन समेत नउठाएको हो ।
अधिकृत झाद्धारा प्रमाणित र हस्ताक्षरित दस्तुर तालिका

झालाई अहिलेसम्म गाउँपालिकाबाट तथा विभिन्न वडाहरुबाट असुली भएको राजस्व कति हो भनेर सुचना दिन आग्रह गरेपनि हालसम्म उपलब्ध नगराउनुको साथै फोन समेत उठाउन छाडेका छन् ।
यता, गाउँपालिका प्रमुख मो. अब्दुल बारिक शेखले आफू केही दिनदेखि व्यस्तता जनाउँदै यसबारे थप बुझन नसकेको बताए ।
उनले थप बुझेर सबै वडाध्यक्षहरुलाई एकैठाउँमा भेला गरी यसबारे कडाई गरिने जनाए ।
जनप्रतीनीधिमा गएपछि वडाध्यक्षहरुले मनोमानी ढँगबाट वडा सँचालन गरेको देखिएको छ भने गाउँपालिका प्रमुखलाई समेत नटेर्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…