मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाउन ईन्सपेक्टर सिँहको 'बार्गेनिङग' को कल रेकर्ड लीक (Audio)
उनले अघि भनेका छन्, ‘चालकले प्रहरीले शंकाको आधारमा पक्राउ गरेको बयान लिनेछ । उनले न्यायाधीशप्रति इंगित गर्दै श्रीमान र सरकारी वकीलसँग सल्लाह गरेरै यो कुरा भनिरहेको छु भन्दै फोन गर्ने व्यक्तिलाई बताएका छन् ।

२०७९ साउन ५ बिहीबार, दिउँसो १:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित नेपाल प्रहरीका एक ईन्सपेक्टरले मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाउन एक जनासँग गरिएको बार्गेनिँगको कुराकानीको अडियो लीक भएको छ ।
धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी ईन्चार्ज एवम् ईन्सपेक्टर रामसागर सिँहले एक मोटरसाई दुर्घटनाको प्रकरण मिलाउन एक अज्ञात व्यक्तिसँग गरेको बार्गेनिँगको कल रेकर्डिँग लीक भएको छ ।
केही दिनअघि ढल्केबरमा भएको दुर्घटनामा प्रहरीले रकमको चलखेल गरी मुद्दा मिलाएको घट्ना बाहिरिएको हो ।
प्रहरीले ठक्कर दिने गाडी र चालकको ठाउँमा अर्कै गाडी र चालकलाई उपस्थित गराई मुद्दा मिलाउन गरिएको वार्तालाप बाहिर आएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केरका प्रहरी निरीक्षक रामसागर सिंहले दुर्घटनाको मुद्दा मिलाउन एक जना व्यक्तिसँग गरिएको कुराकानीको अडियो फेला परेको छ ।
अडियोमा उनले नक्कली गाडी र चालकलाई उपस्थित गराएर मुद्दा मिलाउन लागेको बताएका छन् ।
उनले फोन गर्ने व्यक्तिलाई चालक अनुमति पत्र भएको चालक र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिन भनेको छ ।
ईन्सपेक्टरसँगको कुराकानीको अडियो
‘लाइसेन्स र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिनु मुद्दा मिलाएर दुई दिनमा पेश गरिदिन्छु’ प्रहरी निरीक्षक सिंहले भनेका छन् इन्स्योरेन्स बाट जहिले पैसा आउँछ त्यो दिन दिने कागज गराएर चालकलाई छोडिदिन्छ ।
उनले अघि भनेका छन्, ‘चालकले प्रहरीले शंकाको आधारमा पक्राउ गरेको बयान लिनेछ । उनले न्यायाधीशप्रति इंगित गर्दै श्रीमान र सरकारी वकीलसँग सल्लाह गरेरै यो कुरा भनिरहेको छु भन्दै फोन गर्ने व्यक्तिलाई बताएका छन् ।
फोन गर्ने व्यक्तिले यो घट्नाले आफूलाई कलंक लाग्न सक्ने बताएपछि सिंहले केहि हुँदैन्, म सबै जिम्मेबारी लिन्छु ।
फोन गर्ने मान्छेले आफू यसअघि मधेश प्रदेशको भूमी, व्यवस्था तथा कृषि मन्त्रालयमा गाडी चलाउने काम गरिरहेको र त्यहाँ नपोसाएपछि राजमार्गमा हायस चलाउन आएको बताएका छन् ।
उनले आफू तत्कालिन तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको मान्छे समेत भएको प्रहरी निरीक्षक सिंहलाई बताएका छन् ।
कुन दुर्घटनामा उनले गाडी र चालक पत्ता लगाउन खोजेका हुन् भन्ने कुरा खुलेको छैन् । वार्तालापमा उनी आफैंलाई रामसागर भनेर स्वीकार गरेपनि उनले आफूले यस्तो नबोलेको बताएका छन् ।
ढल्केवरका ईन्सपेक्टर रामसागर सिँहले अडियोमा बोलेको आवाज आफ्नो नरहेको पनि बताएका छन् ।
अडियो लीकपछि जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान थालेको छ । प्रहरी प्रमुख बसन्त रजौरेले सो अडियोको बारेमा छानबिन गरिने बताए ।
अडियोमा ईन्सपेक्टर सिँह नै रहेको वा अन्य जना रहेको बारे अनुसन्धान थालिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…