आफ्नै दाईलाई कोदालोले काटेर हत्या गर्ने घटनाका एक अभियुक्त २१ बर्षपछि पक्राउ
जिल्ला अदालत धनुषाबाट हत्या प्रकरणको घटनामा धुनियाँको समेत नाम रहेको छ ।

२०७९ साउन ४ बुधबार, राति ८:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित आफ्नै दाईलाई कोदालोले काटेर हत्या गरी फरार रहेको घटनाको एक आरोपित २१ बर्षपछि पक्राउ परेका छन् ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा खेतको विवाद हुँदा आफ्नै भाईले सहोदर दाईलाई कोदालो प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका एक अभियुक्त २१ बर्षपछि पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरे कमाण्डको टोलीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी बस्ने बन्नु भन्ने बिक्रम धुनियाँलाई करिब २१ बर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीमा ईन्चार्ज भएर आएदेखि फरार अभियुक्तहरुलाई अग्रसूचिमा राखेका घिमिरेले सो घटना प्रकरणका फरार अभियुक्तहरुलाई पक्राउ गर्न सुराकी गर्दै आएका थिए ।
छिमेकी मुलुक भारतको बिहार राज्य देउधा (नेपाल–भारत बोर्डरसँगै पारी) घर बनाएर बस्दै आएका धुनियाँलाई पक्राउ गर्न ईन्सपेक्टर घिमिरेले कडा परिश्रम गर्दै आएका थिए । पक्राउ गर्न जाँदा उनी घर छाडेर भाग्दै आएका थिए ।
बुधबार दिउँसो नेपालतर्फ आउनै लाग्दा बिशेष जानकारीको आधारमा उनलाई बोर्डरमै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको हो ।
जिल्ला अदालत धनुषाबाट हत्या प्रकरणको घटनामा धुनियाँको समेत नाम रहेको छ । करिब २१ बर्षअघि खजुरीमा खेतमा दुई दाजुभाईबीच भनाभन हुँदा भाईले आफ्नै दाईलाई कोदालो प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
सो क्रममा खजुरी बस्ने रामजनत साह सुडीले आफ्नै दाई गँगाराम साह सुडीलाई २१ बर्ष अगाडी खेतमै असार महिनामा धान रोप्ने समयमा जमिनको विवाद हुँदा कोदालो प्रहार गरी हत्या गरेका थिए । मुख्य आरोपित भनिएका रामजतन साह सुडी अझै फरार रहेका छन् ।
सो घटनामा पोलुवा भनिएका भन्नु भन्ने विक्रम धुनियाँलाई कर्तव्य ज्यान मुद्दामा जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ स्थितबाट उनलाई पक्राउ गरी जिप्रका धनुषामा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…