पहिलो सोमबारीमा शिवमन्दिर भागाभाग, २ महिलाको मृत्यू, दुईको अवस्था गम्भिर 

२०७९ श्रावण २ सोमबार
दिउसो १:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । साउनको पहिलो सोमबारीकै दिन एक शिवालयमा भागमभाग हुँदा दुई महिला श्रद्धालुको मृत्यू भएको छ भने अन्य दुई महिला श्रद्धालु गम्भिर घाईतेकी भएको खवर छ । 

छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ दुई महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

त्यहाँस्थित रहेको बाबा महेन्द्रनाथ शिव मन्दिरमा साउनको पहिलै सोमबारीमा भक्तजन, श्रद्धालुहरुको अत्यधिक भीड लागेर सो घटना भएको बताईएको छ । बिहानैदेखि रहेको भीडमा जल चढाउन श्रद्धालुहरुबीच धक्कामुक्की भएपछि भागदौड मच्चेको जनाईएको छ ।

कोरोनाकालको दुई बर्षपछि खुलेको बाबा महेन्द्रनाथको मन्दिरमा बिहानैदेखि अधिक सँख्यामा रहेको श्रद्धालुहरु शिवलिँगमा जल चढाउनको लागि भीडभाड उम्रेको थियो । 

सिबान जिल्लाको सिसवन प्रखण्डको बाबा महेंन्द्रनाथ धाम प्रसिद्ध मन्दिरमा जलाभिषेकको समयमा भागदौड भएको भारतीय प्रशासनले जनाएको छ । जलाभिषेकलाई लिएर नै धक्कामुक्की भएको बुझिएको छ । 

जानकारी अनुसार, धक्कामुक्कीपछि श्रद्धालुहरुमा भागाभाग भएको थियो । सोही भीडमा भागमभागको क्रममा दुई महिला भुईमा खसेको र उनीहरुलाई उठने मौका समेत नभेटाएपछि कुल्चिएर मृत्यू भएको हो । 

सोही घटनामा अन्य दुई महिलाको अवस्था गम्भिर रहेको छ भने उनीहरुलाई उपचारको लागि नजिकको अस्पतालमा भर्ना गरिएको जनाइएको छ । 

कोरोनाकालमा श्रद्धालुहरुको लागि मन्दिर बन्द गरिएको थियो । दुईबर्षपछि श्रावणको पहिलो सोमबारमा जलाभिषेकको लागि भक्तजनहरुको भीड भएर दुर्घटना भएको बताइएको छ । कैयौँ जनाले यसलाई स्थानीय प्रशासनको कमजोरीको सँज्ञा दिएको छ । 

सो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो । 

घटनामा सहदुल्लेपुर बस्ने जनकदेव भगकी श्रीमति शिव कुमारी देवी र प्रतापपुर बस्ने दिनानाथ यादवकी श्रीमति अँजुरिया देवी यादव गम्भिर घाईते भएकी हुन् । 
 

  • 2%
  • 80%
  • 2%
  • 2%
  • 12%
  • 0%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७९ श्रावण २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus