प्रदेश २ मा ३१ बलात्कार, कानुनमन्त्री बलात्कार गन्तीमै व्यस्त
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । केही दिन यताको तथ्याँक अनुसार प्रदेश नं. २ मा अहिलेसम्म ३१ वटा बलात्कारको घटना भएको तथ्याँक सार्वजनिक गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अघिल्लो समयमा प्रदेश २ मा भएको अपराधिक घटना बारे सदनलाई मंगलबार जानकारी गराउँदै ३१ बलात्कारक

२०७४ चैत २९ बिहीबार, बिहान १०:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २९ चैत्त । केही दिन यताको तथ्याँक अनुसार प्रदेश नं. २ मा अहिलेसम्म ३१ वटा बलात्कारको घटना भएको तथ्याँक सार्वजनिक गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अघिल्लो समयमा प्रदेश २ मा भएको अपराधिक घटना बारे सदनलाई मंगलबार जानकारी गराउँदै ३१ बलात्कारको घटना सुनाएका छन् ।

सदनको कारबाही सुरु भएलगत्तै मन्त्री यादवले प्रदेश–२ को आठ जिल्लामा भएको बम विष्फोट, गोलीकाण्ड, बलात्कार, सडक दुर्घटना र महिला हिंसाको घटनाको विवरण प्रस्तुत गरे । मन्त्रीयादवले प्रदेश २ मा ४ वटा बम विष्फोटको घटना भएको बताए ।
सर्लाहीमा दुई, धनुषा र सिरहामा एक एक स्थानमा बम विष्फोट भएको बताए । घटनाको छानविन गर्न राज्यमन्त्रीको संयोजकत्वमा समिति गठन गरेर अनुसन्धान भइरहेको बताए ।

उनले पर्सा र रौतहट गरि दुइ वटा गोली काण्ड भएको छ । घटनामा संलग्न प्रतिवादी दुवैलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिदै छुवाछुतको घटना सर्लाहीमा २६, सिरहामा ८ र महोत्तरीमा २१ वटा घटना भएको छ ।
उनले बारामा तीन, पर्सामा ६, महोत्तरीमा ४ सिरहामा ५, धनुषामा ३, सप्तरीमा १० वटा बलात्कारको घटना भएको बताए । बलात्कारमा संलग्न केही व्यक्ती पुर्पक्षका लागि जेल चलान गरिएको र अरु घटनाको अनुसन्धान जारी रहेको वताए ।
उनले धनुषामा बोक्सीको एक वटा घटना र घरेलुहिंसा अन्तर्गत महोत्तरीमा सबैभन्दा बढी ३२, सिरहामा १, पर्सामा १ वटा घटना भएको छ । साथै प्रदेश २ मा ३१ वटा सवारी दुर्घटना भएको यसको लागि टाइमकार्ड लागु गरिएको बताए । 
सदनमा जानकारी दिदै मन्त्री यादवले आफु मन्त्री भएपछि प्रदेश २ मा पर्ने सबै
जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा घटेको घटनाको प्रतिदिन प्रदेश कार्यालयमा अपडेट गर्न निर्देशन दिएपनि प्रमुख जिल्ला अधिकारीहरु प्रदेश मातहतमा नआएकोले यस सम्वन्धि छिटै ऐन निमार्ण भइरहेको र यसको पनि सामाधान हुने भनेर बुधबारको जनकपुर टुडे दैनिकमा समाचार छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…