धनुषा प्रहरीले समाते गाडीसहित २७ लाख बढीको अवैद्य दारु
नुरे आलम शेषलाई सोध पुछ गर्दा उक्त नम्बरको गाडीमा दिलवाले नामक सोफी रक्सी लोड गरी भारत तर्फ लगि रहेको भन्ने बताउँदा उनीसहित उक्त पिकअप गाडी र मदिरा समेत नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाएको हो ।

२०७९ असार २९ बुधबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २७ लाख बढी मूल्य बराबरको दारु बरामद गरी भन्सारमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नम्बर ४ तुल्सियाही सडकखण्डबाट २७ लाख ५८ हजार मूल्य बराबरको अवैद्य दारु बरामद गर्न सफल भएको हो ।
सो सडक खण्डमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ वस्ने वर्ष २३ को नुरे आलम शेषले चलाएको ज. १ च. १२६८ नम्बरको पिकअप गाडीमा सो मूल्य बराबरको दारु बरामद भएको हो ।
चोरी निकासी गरी भारत तर्फ लैजाने क्रममा गाडीमा दिलवाले नामक सोफी रक्सी ३०० कार्टुन रहेको र उनीसंग उक्त रक्सीको भ्याट विल माग गर्दा निजले अनुष्का टेड्रसको विल भौचर दिदा उक्त विल भौचरमा चालक नुरे आलम शेषले सो पिकप गाडी उल्लेख नभई ना. २ च. ३३१९ नम्बरको गाडी उल्लेख भएको देखिदा धनुषा प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।
नुरे आलम शेषलाई सोध पुछ गर्दा उक्त नम्बरको गाडीमा दिलवाले नामक सोफी रक्सी लोड गरी भारत तर्फ लगि रहेको भन्ने बताउँदा उनीसहित उक्त पिकअप गाडी र मदिरा समेत नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…