आलुपछि प्याजको बोराभित्र १० लाख रुपैयाँ
पक्राउ परेका व्यक्ति एक हुण्डी कारोबारी रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

२०७९ असार २४ शुक्रबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्याजको बोरा भित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा ६ चमना टोल स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ०५ यू ५१६५ नम्बरको गल्यामर मोटरसाईकललाई सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि.रामपुरखाप रौतहटबाट खटिईएको टोलीले बरामद गरेको हो ।
चेकजाँच गर्ने क्रममा भारतको मोहम् साहिद मार्ग मुम्बई सेन्ट्रल महाराष्ट्र बस्ने २६ वर्षीय मोहम्मद कमरे आलमले प्याज राखेको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको रकमको श्रोत नखुलेको दश लाख र भारतिय रुपैया बाह्र हजार पाँच सय नगद बरामद सहित सशस्त्र प्रहरी रामपुर खापले पक्राउ गरेको हो ।
रामनगर हुदै जयनगर जाँदै गरेको गल्यामर मोटरसाइकललाई शंका लागि जाँच गर्दा रकम सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट श्रोत नखुलेको नेपाली दश लाख बरामद गरिएको रामपुर खाप सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिए ।
रकम सहित पक्राउ परेका मोहम्मद विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।
पक्राउ परेका व्यक्ति एक हुण्डी कारोबारी रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । पक्राउ परेका व्यक्ति र नगद सहित भन्सार कार्यालय थप्प अनुसन्धानको लागि बुझाईएको छ ।
यस अघि पनि धनुषामा आलुको बोरा भित्र करिब एक करोड नेपाली रुपैयाँ ल्याउँदै गरेको अवस्था दुई जना पक्राउ परेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…