इन्धन अभावले श्रीलंकामा स्कुल बन्द
न्यूज ब्यूरो, कोलम्बो (एएनआई) : इन्धन अभावका कारण श्रीलंकामा सरकारले विद्यालय बन्दको घोषणा गरेको छ। पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गरिँदै छन्। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। इन्धन खपत कम ह

२०७९ असार २१ मंगलबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कोलम्बो (एएनआई) : इन्धन अभावका कारण श्रीलंकामा सरकारले विद्यालय बन्दको घोषणा गरेको छ। पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गरिँदै छन्।
शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। इन्धन खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
ऊर्जामन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका थिए। देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्पजस्तै भएको छ।
श्रीलंकाका अधिकांश पेट्रोल पम्प धेरै दिनदेखि गन्धविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…