योगीको उत्तर प्रदेशमा शावेज, अलिशान र सलमानले पुरुषलाई बलात्कार गरी काटेर फाले !

प्रहरीले अनुसन्धान सुरु गरी परीक्षणको आधारमा तीनै जना उपर मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । 

२०७९ असार २० सोमबार
बिहान ११:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । योगी आदित्यनाथ मुख्यमन्त्री रहेको भारतको उत्तर प्रदेशस्थित एक युवकलाई तीन युवकहरुले मिलेर हत्या गरी फालेको छ । 

उत्तर प्रदेशको मेरठस्थित २२ बर्षिय कानुनका विद्यार्थीलाई तीन युवकहरु मिलेर एक जनाको हत्या गरी लास नालामा फालेको घटना बाहिरिएको छ । 

युवकलाई मारेर उनको लासलाई बोरामा बन्द गरी नालामा फालेको थियो । प्रहरीले यस मामिलामा तीन जनालाई पक्राउ गरेको छ । आरोपीहरुले मृतक युवकसँग अप्राकृति सम्बन्ध बनाएको स्वीकार पनि गरेका छन् । 

भारतीय सँचारमाध्यमहरुको अनुसार, मेरठको मेडिकल थाना ईलाकाको जागृति विहारमा एक परिवार बस्छन्  । उनको २२ बर्षिय छोरा कानुनका विद्यार्थी थिए । परिवारजनका अनुसार २६ जुनको अपरान्ह ४ बजे उनी स्कूटर लिएर घरबाट निस्केका थिए तर फिर्ता आएनन् । 

यसको बारेमा मेडिकल थाना प्रहरीलाई दिईएको थियो । त्यसपछि खोजतलासमा जुटेका प्रहरीको टोलीले उनको मोबाईल लोकेशनबाट पत्ता लगाउँदा उनको अन्तिम लोकेशन मेरठको लिसाडी गेट क्षेत्रको आयो, त्यसपछि कल डिटेलको आधारमा प्रहरीले अलिशान, सलमान र शावेजलाई नियन्त्रणमा लियो । 

प्रहरीले तीनै जनासँग सोधपुछ गर्दा उनीहरुको समलैगिँक मामिला भएको खुलेको छ । मृतकले पक्राउ परेका यी तीन जना युवकको कुनै घटनाको भिडियो बनाएका थिए र उनी पटक पटक तीनै जनालाई ब्लैकमेल गरी पैसा लिरहेका थिए । 

यसैबीच, तीनै जना युवकले मृतकलाई पैसा दिनको लागि लिसाडी गेट बोलाएका थिए । तर, त्यहाँ तीनैजनाबीच झगडा भयो । त्यसपछि शावेजले आफ्नो एक साथी अलीशानसँग मिलेर उनको हत्या गरयो र लास सलमानको मदतले नालामा फलियो । 

आरोपी शावेजको एक फ्याक्ट्री रहेको छ । जसमा अलिशान काम गर्छन र सलमान उनका मित्र हुन् जो कपडाको काम गर्दै आएका छन् । 

सोधपुछको क्रममा आरोपीहरुले मृतक युवकले लगातार भिडियो मार्फत अलिशानलाई ब्लैकमेल गरिरहेको र पैसा मागिरहेको थियो । त्यसपछि उनीहरुले फ्याक्ट्री बोलाएर दुवै जना मिली उनलाई धारिलो हतियारले काटेर मारिदिए । 

त्यसपछि फोन गरी सलमानलाई बोलाएर उनको लासलाई समेत टुक्रा टुक्रा पारी लास ठेगान लगाउन त्यहाँ रहेको पिलोखडी पुल नजिक नालामा फालेको स्वीकार गरेको छ । 

प्रहरीले अनुसन्धान सुरु गरी परीक्षणको आधारमा तीनै जना उपर मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । 

  • 0%
  • 30%
  • 0%
  • 0%
  • 3%
  • 68%

जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी 

  • २०७९ असार २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।  विहिबार

पूरा पढ्नुहोस्

Bureau Menus