प्रदेश स्तरीय रामनारायण मिश्र फुटबल प्रतियोगिता भोलि देखि शुरु, ८ वटै जिल्ला भिडदै 

२०७९ असार १७ शुक्रबार
रति १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्तरीय फुटबल प्रतीयोगिता राम नारायण मिश्र फुटबल प्रतियोगिता भोली शनिबारदेखि सुरु हुने भएको छ । 

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको लागि भोलि शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर क्षिरेश्वर जनता उच्च माध्यमिक विद्यालयको प्राङ्गणलाई तयार पारिएको छ । 

महिला बालबालिका ,युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला फुटबल संघ धनुषाको आयोजनामा हुने खेलमा प्रदेशको ८ वटै जिल्ला भिडने भएको छ । 

पहिलो खेलमा रौतहट टिम संग सिरहा टिम भिड्ने आयोजक कमिटीका प्रतिनिधि संतोष सिंहले जानकारी दिए ।

खेलमा जम्मा ८ वटा टिम सहभागी हुने छ । खेलको बारेमा जानकारी लिन संतोश सिंह ९८०७६१५०२० र प्रकाश आर्याल ९८१९८५५८४९ जानकारी लिन सकिनेछ ।

प्रत्येक दिन दुई वटा खेल हुनेछ ,विशेष जानकारी लिन चाहेमा जिल्ला फुटबल संघ जिल्ला संयोजक केबल मुखियाले जानकारी दिए ।

  • 20%
  • 0%
  • 20%
  • 20%
  • 20%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७९ असार १७ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus