Close This

नुपुर शर्माको पक्षमा फेसबुकमा पोष्ट हालेपछि उदयपुरमा घाँटी काटेर हत्या, दुवै हत्यारा मुसलमान

उनलाई फाँसी हुनुपर्ने मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । 

२०७९ असार १५ बुधबार
बिहान ०८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नुपुर शर्माको पक्षमा फेसबुकमा पोष्ट हालेपछि समुदाय विशेष व्यक्तिहरुले एक जनाको घाँटी काटेर हत्या गरिदिएको छ । 
छिमेकी मुलुका भारतको भाजापाकी पूर्व प्रवक्ता एवम् नेतृ नुपुर शर्माको पक्षमा समाजिक सँजाल फेसबुकमा पोष्ट हालेको भन्दै मुस्लिम समुदायका दुई व्यक्तिले कन्हैयालाल नामक व्यक्तिको घाँटी रेटिदिएका छन् । 

भारतको राजस्थान राज्यको उदयपुरमा दिनदहाडै कन्हैयालालको तलबारले काटेर दुई मुसलमान समुदायका युवकले हत्या गरेपछि राजस्थानको माहौल तातिएको छ । 

राजस्थानको उदयपुर शहरको धानमण्डी थाना क्षेत्रको मालदास गल्लीमा दुई मुसलमान युवकले दिन दहाडै कन्हैयालाललाई घाँटी काटेर हत्या गरिदिएको हो । 

हत्या गरिएका कन्हैयालालको ८ बर्षिय छोराले नुपुर शर्माको पक्षमा फेसबुकमा पोष्ट हालेपछि रिसाएका मुसलमानहरुले उनको बुवालाई नै हत्या गरिदिएका छन् । 

स्थानीय प्रहरीले हत्यारा भनिएका मोहम्मद रियाज र गोस मोहम्मदलाई राजसमँदको भीम ईलाकाबाट पक्राउ गरिसकेको छ । सो घटनाको जाँचको लागि एसआईटी को गठन समेत गरिएको छ । 

यो घटनापछि उदयपुरमा ईन्टरनेटमा सनसनी फैलिन थालेपछि त्यहाँको ईन्टरनेट बन्द गरिएको छ । २४ घण्टासम्म ईन्टरनेट बन्द रहने जनाइएको छ । 

सो घटनापछि त्यहाँका स्थानीयरुले विरोध जनाउँदै पसलहरु बन्द गरिदिएको छ । आरोपित दुवै जनालाई फाँसीको सजाय हुनुपर्ने मागसहित स्थानीयहरुले पसल बन्द गरेका छन् । 

उक्त घटनापछि हिन्दु सँगठनमा आक्रोस बढेको छ । उनलाई फाँसी हुनुपर्ने मागसहित स्थानीयहरु आन्दोलित भएका छन् । 

हत्याका आरोपि रियाज मोहम्मद १७ जुनमा भिडियो बनाउँदै उनको शिर कलम गर्ने धम्कीसहितको भिडियो अपलोड गरेका थिए । हत्यापछि उनीहरुले अर्को भिडियो जारी गर्दै जिम्मेवारी समेत लिएका छन् । 


  • 0%
  • 0%
  • 0%
  • 2%
  • 0%
  • 98%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ असार १५ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus