ईन्सपेक्टर खत्री कमाण्डको टोलीले पेस्तोलसहित तीन जनालाई गरे पक्राउ
पक्राउ पर्नेहरुमा छिमेकी मुलुक भारत बिहार राज्यको मुजफ्रपुर जिल्लाको साहेबगँज वडा नं. ७ बस्ने बर्ष २९ को राहुल रँजन, बर्ष २० को उज्जवल कुमार र बर्ष २६ को सँजय कुमार रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
२०७९ असार १३ सोमबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको महिनाथपुर बिओपीका ईन्चार्ज एवम् ईन्सपेक्टर दिलेन्द्र खत्री कमाण्डको सशस्त्र प्रहरी टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिओपी महिनाथपुरका प्रमुख समेत रहेका ईन्सपेक्टर खत्री कमाण्डलको सशस्त्र प्रहरीको टोलीले सोमबार दिउँसो पेस्तोल सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विदेह नगरपालिका वडा नम्बर १ स्थित सीमानाकामा जनकपुरधामबाट भारततर्फ जान लागेको बिआर ०६ एपि ३००८ नम्बरको मारुती सुजुकी कारलाई चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा मेड ईन युएसए लेखिएको ७.६२ एमएमको लोड भएको गोलीसहित पक्राउ परेको हो ।
तीन जना सवार सो गाडीमा शँका लागेर चेकजाँच गर्दा कारको अगाडी पट्टि बाँया छेउको सिटमुनी लुकाएर राखिएको सो पेस्तोल बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा छिमेकी मुलुक भारत बिहार राज्यको मुजफ्रपुर जिल्लाको साहेबगँज वडा नं. ७ बस्ने बर्ष २९ को राहुल रँजन, बर्ष २० को उज्जवल कुमार र बर्ष २६ को सँजय कुमार रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
पेस्तोलसहित तीनै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा कारवाहीको लागि पठाएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…