भारतः निरहुआ रिक्साबालाले निकालदिए समाजवादीको साईकलको हावा, जीते लोकसभाको सिट 

२०७९ असार १२ आइतबार
बेलुकी ५:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतमा चलिरहेको लोकसभा उपचुनावमा भोजपुरी सिने जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआ जीत हाँसिल गरेका छन् । 

उत्तरप्रदेशको आजमगढ सिटको लागि भारतीय जनता पार्टी (भाजपा) बाट चुनाव लडेका निरहुवा जीतको हाँसिल गरेका हुन् |

उनले आफ्नो जीतको सुनिश्चतता भएपछि ट्वीट गर्दै मतदातालाई धन्यवाद समेत ज्ञापन गरेका छन् । 

निरहुआले उपचुनावको जीतलाई लिएर ट्वीट गर्दै यो जीत बिजेपी पार्टी र जनताको रहेको बताएका छन् ।

यता, मुख्यमन्त्री योगी आदित्यनाथले समेत पत्रकार सम्मेलन गरी रामपुर र आजमगढमा भाजपाको जीत भएको जानकारी दिएका छन् । 

मुख्यमन्त्री योगीले दिनेशलाल यादव निरहुवा र घनश्याम लोधीलाई जीतको बधाई समेत दिएका छन् ।

उत्तर प्रदेशका उपमुख्यमन्त्री केवश प्रसाद मार्यले समेत निरहुवाको जीतको बधाई दिएका छन् । यद्यपी, अहिले अधिकारिक रुपमा परिणाम घोषित भने भएको छैनन् । 


 

  • 83%
  • 7%
  • 1%
  • 0%
  • 0%
  • 1%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ असार १२ आइतबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus