भारतः निरहुआ रिक्साबालाले निकालदिए समाजवादीको साईकलको हावा, जीते लोकसभाको सिट
मुख्यमन्त्री योगीले दिनेशलाल यादव निरहुवा र घनश्याम लोधीलाई जीतको बधाई समेत दिएका छन् । उत्तर प्रदेशका उपमुख्यमन्त्री केवश प्रसाद मार्यले समेत निरहुवाको जीतको बधाई दिएका छन् । यद्यपी, अहिले अधिकारिक रुपमा परिणाम घोषित भने भएको छैनन् ।

२०७९ असार १२ आइतबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतमा चलिरहेको लोकसभा उपचुनावमा भोजपुरी सिने जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआ जीत हाँसिल गरेका छन् ।
उत्तरप्रदेशको आजमगढ सिटको लागि भारतीय जनता पार्टी (भाजपा) बाट चुनाव लडेका निरहुवा जीतको हाँसिल गरेका हुन् |
उनले आफ्नो जीतको सुनिश्चतता भएपछि ट्वीट गर्दै मतदातालाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
निरहुआले उपचुनावको जीतलाई लिएर ट्वीट गर्दै यो जीत बिजेपी पार्टी र जनताको रहेको बताएका छन् ।
यता, मुख्यमन्त्री योगी आदित्यनाथले समेत पत्रकार सम्मेलन गरी रामपुर र आजमगढमा भाजपाको जीत भएको जानकारी दिएका छन् ।
मुख्यमन्त्री योगीले दिनेशलाल यादव निरहुवा र घनश्याम लोधीलाई जीतको बधाई समेत दिएका छन् ।
उत्तर प्रदेशका उपमुख्यमन्त्री केवश प्रसाद मार्यले समेत निरहुवाको जीतको बधाई दिएका छन् । यद्यपी, अहिले अधिकारिक रुपमा परिणाम घोषित भने भएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…