हँसपुर नगरपालिकाको बजेट ५३ करोड बढी
कार्यक्रमका संचालन प्रमुख प्रशासकीय अधिकृत केशब अधिकारीले गरेका थिए ।

२०७९ असार ११ शनिबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय हंसपुर नगरको निकास’ भन्ने मुल नारालाई आत्म साथ गर्दै हंसपुर नगरपालिकाको सातौं नगर सभाबाट ५३ करोड ८५ लाख २२ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
सम्पन्न सातौं नगरसभामा हंसपुर नगरपालिकाको नगर प्रमुख प्रदिप यादवले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख यादवले भन्ने वास्तवमा हंसपुर नगरपालिकाको नाम चारै तिर विवादै विवादले नाम बदनमा गरेको छ,हामी सब भन्दा पहिला नगरपालिकालाई विवाद रहितको प्रमाणीकरण गर्नेछु ।
हंसपुर नगरपालिकाका सम्पत्तिहरु गाडी ,जेसिबि मोटरसाइकलहरु कहाँ कहाँ अनावश्यक रुपमा प्रयोग गर्दै आएको छ, हामी सबै संकलन गर्नमा लागिपरेका छौ ।
सो कार्यक्रम नगरपालिकाका प्राङ्गणमा खुल्ला रुपमा गरिएको थियो ,सर्वदलीय पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए। सुझाव राय सबैको संकलन पनि नग्रप्रमुख यादवले लिएका थिए ।
कार्यक्रमका संचालन गर्दै प्रमुख प्रशासकीय अधिकृत केशब अधिकारीलेले आगामी आर्थिक बर्षमा नयाँ प्रतिनीधिसँग कार्य गर्न सहजताको अपेक्षा राखे ।
उनले कार्यालय सँचालनको लागि कर्मचारीहरुको सेवा सुविधा मात्र नभएर उनीहरुको काम गर्ने वातावरणलाई पूर्ण स्वच्छ बनाएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।
नगरसभाको लागि हँसपुर नगरपालिकाका लेखापाल नेत्र लुँगेलीले कार्यक्रम व्यवस्थापन गरेका थिए भने शिर्षकगत बजेट निर्माण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…