'म काम गर्न चाहन्छु, जनप्रतिनीधिले कामै गर्न दिएन र कर्मचारीले राजनीति गरेः अधिकृत मिश्र
उनले २०७८ साल फागुन १८ गते नै आफू मिथिलाबिहारी नगरपालिकामा हाजिर भएको बताउँदै बीचमा आसन्न स्थानीय तहको निर्वाचन भएपछि कामकाजहरु गर्न नसकेको बताउँदै आफ्नो उपस्थितिको बाबजुद पनि तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नै अधिकृत रहेको भन्दै कार्यपालिकाको बैठकबाट निर्णयहरु गरेको बताए ।

२०७९ असार ९ बिहीबार, बिहान ११:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले आफू काम गर्न चाहेपनि त्यहाँ केही जनप्रतिनीधिरुले काम गर्न नदिएको आरोप लगाएका छन् ।
आफू मिथिला बिहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा रहँदै तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले गैर कानुनी रुपमा कार्यपालिकाको बैठक गरी नागरिकमा उल्टै अफवाह फैलाएको आरोप लगाएका छन् ।
समाजिक सँजालमा अधिकृत कन्हैया कुमार मिश्रकै कारण सम्पूर्ण कामकाजहरु ठप्प भएको गुनासोहरु गरिएपनि मिश्रले सर्वोच्च अदालतले नै आफूलाई मिथिलाबिहारी नगरपालिकाको अधिकृतको रुपमा बस्न आदेश दिएपनि तत्कालिन निमित्त अधिकृत यादवले मेरो गैर उपस्थितिमा कार्यपालिकाको बैठकबाट निर्णय गरेको बताएका छन् ।
उनले २०७८ साल फागुन १८ गते नै आफू मिथिलाबिहारी नगरपालिकामा हाजिर भएको बताउँदै बीचमा आसन्न स्थानीय तहको निर्वाचन भएपछि कामकाजहरु गर्न नसकेको बताउँदै आफ्नो उपस्थितिको बाबजुद पनि तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नै अधिकृत रहेको भन्दै कार्यपालिकाको बैठकबाट निर्णयहरु गरेको बताए ।

यता, सर्वोच्च अदालतमा अधिकृत मिश्रले दिएको रिटको आधारमा अदालतले राम दरश यादवले कार्यपालिकाको बैठकबाट गरेको निर्णयहरु स्वतः बदर भएको भनेको छ । गत जेठ २३ गते भएको कार्यपालिकाको बैठक, जेठ २६ गते भएको निर्णयहरु समेत कार्यन्वयन नगर्न सर्वोच्च अदालते आदेश दिएको हो ।
असार १ गते सर्वोच्च अदालतले दिएको आदेशमा कार्यपालिकाको बैठक भएको समयमा अधिकृतमा कन्हैया कुमार मिश्र नै रहेको ठहर गर्दै यसअघि भएको निर्णयहरु कार्यन्वयन नगर्न भनिएको छ ।
कन्हैया मिश्रलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत वि.सं. २०७५ साल फागुन ०५ गते नै मिथिलाबिहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको उल्लेख समेत गरिएको छ ।
.jpeg)
न्यूजब्यूरोसँग कुराकानी गर्दै अधिकृत मिश्रले आफू काम गर्न आएको र काम गर्ने वातावरण यहाँका जनप्रतिनीधिहरुले बनाउनुपर्ने बताए । नयाँ जनप्रतिनीधिहरु आएपनि कानुन सम्वतः कामकाज चाँडै गर्न तादुरुकता नदेखाएको गुनासो गरे ।
उनले नयाँ नगर प्रमुख राजेन्द्र प्रसाद यादवले अझै समन्वय गर्न नचाहेको बताउँदै उहाँले समन्वय गरे असारभित्रमा धेरै काम हुने बताए । उनले नगर प्रमुख यादवसँग सहकार्य र समन्वयले कामकाज प्रक्रिया अगाडी बढाउन आग्रह समेत गरे ।
यता, नगर प्रमुख यादवले अधिकृत मिश्रको प्रवृतिले यहाँका कर्मचारीहरु आजित भएको बताउँदै उनीसँग काम नै गर्न नचाहेको बताएका छन् ।
विवादको सन्दर्भमा प्रतिक्रिया दिँदै नगर प्रमुख यादवले कर्मचारीहरुमा अधिकृत मिश्रको बानी व्यहोरा समेत कुनै कर्मचारीले मन नपराएको बताए ।
उनले अन्य पालिकाहरुमा गरेको क्रियाकलाप, व्यवहार, पछिल्लो कार्यशैलीले यहाँका कर्मचारी मात्र नभएर कुनै पनि जनप्रतिनीधिले काम गर्न नचाहेको बताएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…