अपन मिथिला सेवा समाजले समाज परिवर्तन गर्न संघर्ष गर्ने
बिनय यादव/न्यूज ब्यूरो, २६ चैत्र । विभिन्न पेसामा संलग्न रही विभिन्न देशहरूमा छरिएर बस्दै आईरहेका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजले छिमेकी मुलुक भारत शाखाको बैठक सम्पन्न गरेको छ । भारत शाखाका अध्यक्ष राम प्रमोद पासवानको अध्यक्षतामा सम्पन्न बैठकबाट संस्था दर्ता, बिस्तार लगायत

२०७४ चैत २६ सोमबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, २६ चैत्र । विभिन्न पेसामा संलग्न रही विभिन्न देशहरूमा छरिएर बस्दै आईरहेका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजले छिमेकी मुलुक भारत शाखाको बैठक सम्पन्न गरेको छ ।
भारत शाखाका अध्यक्ष राम प्रमोद पासवानको अध्यक्षतामा सम्पन्न बैठकबाट संस्था दर्ता, बिस्तार लगायतका विभिन्न विषयहरु माथि छलफल गरिएको छ ।
उक्त कार्यक्रम हिजो अप्रील ८ तारिखका दिन एक सार्वजनिक स्थलमा सम्पन्न भएको थियो । बैठकमा बोल्दै संस्थाका अध्यक्ष पासवानले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिस्ट अतिथि, अतिथि लगायत उपस्थित तमाम दर्शक, कार्यक्रमलाई सफल बनाउनका लागि सहयोगी भूमिका खेल्नुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।
समाजले नेपाली समाजमा विद्यमान रहेका दाइजो प्रथा, बालविवाह, विभिन्न किसिमका अन्याय, अत्याचार, महिला हिंसा, छुवाछूत, भेदभाव लगायतका जल्दाबल्दा समस्याहरु समाजबाट अन्त्य गर्नको लागि गर्नुपर्ने विभिन्न प्रयासहरुबारे गहन चर्चा परिचर्चा गरिएको छ ।
यस संस्थाको प्रमुख उद्देश्य समाज परिवर्तन गर्नु नै रहेको र आफुहरु यसका निमित्त निरन्तर संघर्ष गर्ने अपन मिथिला सेवा समाज कतार शाखाका अध्यक्ष मन्साराम यादवले न्यूज ब्यूरोलाई भने ।
साथै, रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर अन्य-अन्य देशलाई कर्मभूमि बनाई श्रम गरिरहनु भएका नेपालीहरुलाई अपन मिथिला सेवा समाजसँग आवद्ध हुन आग्रह गरिएको छ । यस संस्थाको प्रधान कार्यालय जनकपुरमा रहेको छ ।
'सेवा नै धर्म, मानव सेवा नै धर्म' नाराका साथ सम्पन्न बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार समिति समाजमा आवद्ध भारतीय सदस्य लगायत रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…