खजुरीका वडाध्यक्षद्धारा सर्वसाधारणबाट अबैद्य रकम असुली
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । धनुषाको जनकनन्दी गाउँपालिकामा सर्वसाधारणहरुबाट अवैद्य रकम असुली गरेको खुलासा भएको छ । जनकनन्दी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हरिशचन्द्र कामतले नाता प्रमाणितको लागि तोकिएको १०० रुपैयाँ भन्दा पनि चर्को रकम लिएर नाता प्रमाणित गर्ने गरेका छन् । नाता प्रमाणित गर्

२०७४ चैत २६ सोमबार, दिउँसो १:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ चैत्त । धनुषाको जनकनन्दी गाउँपालिकामा सर्वसाधारणहरुबाट अवैद्य रकम असुली गरेको खुलासा भएको छ ।
जनकनन्दी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हरिशचन्द्र कामतले नाता प्रमाणितको लागि तोकिएको १०० रुपैयाँ भन्दा पनि चर्को रकम लिएर नाता प्रमाणित गर्ने गरेका छन् ।
नाता प्रमाणित गर्नको लागि गाउँपालिकाले गरेको निर्णय बमोजिमा मात्र १०० रुपैयाँ दस्तुर भएपनि सर्वसाधारणहरुबाट चर्को शुल्क लिएको खुलेको छ ।
जन्मदर्ता, नाता प्रमाणित, सिफारिस गरे वापत तोकिएको दस्तुरभन्दा पनि दुई गुणा डेढ गुणा बढी रकम लिने गरेको देखिएको छ ।
नाता प्रमाणित गराउन जाँदा हामीसँग ३०० रुपैयाँ माग गरियो, हामीले सोध्यौ की ३ सय रुपैयाँ त दस्तुर हुँदैन, १ सय मात्र दस्तुर छ फेरी २ सय बढी किन ? अनि नयाँ नियम लागु भएको र नयाँ दस्तुर समेत तोकिएको भनेर अन्त्यमा २ सय ५० रुपैयाँको रसिद काटेर दिएको नाम नखोल्ने शर्तमा एक वडावासीले बताए ।

नगदी रसिद काट्दै वडा नं. ४ का प्राविधिक सहायक प्रमोद कुमार मण्डलले नाता प्रमाणितको लागि २ सय ५० रुपैयाँ दस्तुर तोकिएको समेत भनेको जनाइएको छ ।
यता, वडाध्यक्ष कामतले २ सय ५० रुपैयाँको रसिद काटिएको बारे आफूलाई थाहा नभएको भन्दै यसबारे खोजविन गर्ने बताए ।
सोमबार न्यूज ब्यूरोसँग कुरा गर्दै वडाध्यक्ष कामतले भने, "नाता प्रमाणितको लागि १ सय रुपैयाँ मात्र दस्तुर तोकिएको छ , अब प्राविधिक सहायकले रसिद काटेको होला, तर यसबारे मलाई थाहा भएन, गल्ती भएको छ भने हामी सुधार गर्छौ ।"
वडाका प्राविधिक सहायक मण्डललाई सोध्दा, नाता प्रमाणित, जन्मदर्ता र अन्य अन्य सिफारिसको लागि २ सय ५० रुपैयाँको दस्तुर काटिएको हुन सक्ने बताए ।
रसिदमा मात्र नाता प्रमाणित गरेको वापत २ सय ५० रुपैयाँको उल्लेख भएको सोध्दा गल्ती भएको हुन सक्ने प्रतिक्रिया दिए ।

नाता प्रमाणितको १ सय, जन्मदर्ताको लागि ५० रुपैयाँ गरी जम्मा १ सय ५० रुपैयाँ मात्र जोडेपछि उनले त्यसभन्दा अगाडी बोल्न सकेनन् ।
यता, गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखले समेत नाता प्रमाणितको लागि मात्र १ सय रुपैयाँ दस्तुर निर्णय गरिएको न्यूज ब्यूरोसँग भने ।
यस्ता प्रकारको अबैद्य असुली र दस्तुर भन्दा बढी रकम लिएमा गुनासो गर्ने सुविधा छ, तर जोसँग लिन्छ समयमा गुनासो नगरिदिँदा आफूलाई थाहा हुँदैन भने ।
उनले यो मुद्दाबारे छानबिन गर्ने बताए । वडा सचिव राम नरेश ठाकुरसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…