मधेसमा दलित बालबालिकालाई वार्षिक दुई हजार रुपैयाँ दिने
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेश सरकारले दलित समुदायका बालबालिकाको विद्यालय भर्नादर बढाउन र साक्षरतादर माथि उठाउन दलित शिक्षा अभियान सञ्चालन गर्ने भएको छ । बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै डोम, मुसहर, चमार, दुषाध र हलखोर

२०७९ असार २ बिहीबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेश सरकारले दलित समुदायका बालबालिकाको विद्यालय भर्नादर बढाउन र साक्षरतादर माथि उठाउन दलित शिक्षा अभियान सञ्चालन गर्ने भएको छ ।
बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै डोम, मुसहर, चमार, दुषाध र हलखोर जातिका बालबालिकालाई वार्षिकरुपमा प्रतिविद्यार्थी २ हजार रुपैयाँ दिने गरी २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
उनका अनुसार त्यस्तो रकमले दलित समुदायका बालबालिकालाई विद्यालयमा ल्याई साक्षरतादरमा वृद्धि गर्न र स्कुल छाड्ने दरलाई न्यून गर्न सहयोग पुर्याउनेछ ।
त्यस्तै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि प्रदेश सरकारले उच्च प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…