धनुषा प्रहरीले समाते १ लाख ८१ हजारको लसुन र चिनी
सोही साँझै बसपार्क स्थितबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी लगायतका किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरि कुल १ लाख ८१ हजार ४२० रुपैयाँ बराबरको सामानहरू र १ जना मानिस समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जनाएको छ ।

२०७९ असार १ बुधबार, दिउँसो ४:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको लसुन र चिनी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ बाट भन्सार छली गरी ल्याएको लहसुन नियन्त्रणमा लिएको हो ।
मोटरसाईकलमा भारतबाट भंसार छली लहसुन लोड गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुरधाम उप–माहनगरपालिका वडा वडा नम्बर ६ वस्ने मुकेश गुप्तालाई उक्त मोटरसाईकलसहित लहसुन नियन्त्रणमा लिएको हो ।
सोही साँझै बसपार्क स्थितबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी लगायतका किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरि कुल १ लाख ८१ हजार ४२० रुपैयाँ बराबरको सामानहरू र १ जना मानिस समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…