आज मधेश सरकारको बजेट आउँदै, कति आउँला बजेट ?
चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत गरी ३८ अर्ब रकम रहेको छ । यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भइ आएको रकम गरी करिव ४२ अर्बको हराहारीमा बजेट आउने अनुमान गरिएको छ ।

२०७९ असार १ बुधबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट बुधबार (आज) आउने भएको छ । प्रदेशसभा सचिवालयमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दिउँसो ४ बजेदेखि आथिर्क वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्ने भएको छ ।
यसपाली बजेटको अकार बढ्ने अनुमान गरिएको छ । सरकारले करिव ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
आउने बजेटको आकार चालु आर्थिक वर्षभन्दा झण्डै ८ अर्बभन्दा बढी रहने बताइएको छ । चालु आर्थिक वर्षमा सरकारले ३८ अर्बको बजेट ल्याएका थिए ।
आगामी बजेटमा कोरोना महामारी, वेरोजगारी जस्ता समस्याका कारण करको दायरा फराकिलो गरिएको छैन् । जनतालाई सहज हुने गरी उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्ने गरी बजेट बनाइएको सरकारका प्रतिनिधिहरुको भनाई छ ।
आगामी आर्थिक वर्षको लागि संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ । ११ अर्ब रकम आन्तरिक राजस्व बाडफाँटबाट प्राप्त भएको छ ।
चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत गरी ३८ अर्ब रकम रहेको छ । यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भइ आएको रकम गरी करिव ४२ अर्बको हराहारीमा बजेट आउने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…