धनुषामा ५ वर्षिय बालिका बलात्कृत , एक पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । धनुषामा सामुहिक बलात्कारको घटना नसेलाउँदै पुनः एक बालिका बलात्कृत भएकी छन् । गत चैत्त १४ गते भएको एक १३ वर्षीया बालिकाको सामुहिक बालत्कार घटना सेलाउन नपाउँदै धनुषामा पुनः एक ५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको धनौजी

२०७४ चैत २५ आइतबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ चैत्त । धनुषामा सामुहिक बलात्कारको घटना नसेलाउँदै पुनः एक बालिका बलात्कृत भएकी छन् ।
गत चैत्त १४ गते भएको एक १३ वर्षीया बालिकाको सामुहिक बालत्कार घटना सेलाउन नपाउँदै धनुषामा पुनः एक ५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरीमा एक ५ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा प्रहरीले स्थानीय १४ वर्षका सुमन कुमार साहलाई पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी बालकले बालिकालाई करणी गरेको पीडित परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको हो ।
अहिले बालिकालाई स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल ल्याईएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत चैत १४ गते राति मात्र धनुषाको सहिद नगरपालिका ८ विषरभोरामा एक फुपुसंगै बसेकी एक १४ वर्षीया बालिकामाथि बलात्कार भएको थियो ।
राति घरमा आमाबुबा नभएको मौका छोपी स्थानीय शहीदनगर नगरपालिका वडा नम्बर ८ का २५ वर्षका भुटाइ भन्ने मनोज नर्सरिया यादव र २४ वर्षका दिपेश बिराजीले बालिकालाई मुख बाँधी घर भन्दा पर स्थानीय मन्सीब गोइतको खेतमा लगेर जबर्जस्ती सामूहिक बलात्कार गरेका थिए ।
उनीहरुले मोबाईलमा बलात्कारको भिडियो समेत बनाएर फरार भएका छन् ।
उनीहरुले बालिकालाई धम्काउँदै कसैलाई बताए अस्लिल भिडियो इन्टरनेटमा सार्वजनिक गर्नुको साथै ज्यान मार्ने धम्की समेत दिएका थिए ।
घटना जल्दो बल्दो रहेको भन्दै प्रहरीले फरार अभियुक्त आरोपीहरुलाई खोजी कार्य तीव्र पारेका छन् ।
पत्रकार शैलैन्द्र महतो र टुडेपाटीको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…