खजुरी ईलाकामा घुमुवाको निगरानी टाईट, रातैभरि बोर्डरमा जाग्राम
प्रहरीको डयुटीमा कडाई भएपछि विगत केही दिनदेखि सीमानाकामा तस्करहरुले मौका पाउन सकेका छैनन् ।

२०७९ जेठ २८ शनिबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीमा विगत केहीदिनदेखि घुमुवा प्रहरीको कडा निगरानीपछि तस्करहरुको समान जकथक परेका छन् ।
ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने क्षेत्रमा नेपाल–भारत बोर्डरमा घुमुवा प्रहरीको ड्युटी दोब्बर गरेपछि घुमुवा प्रहरी अहिले रातैभरि बोर्डरमा ओहोर दोहोर र जाग्राम नै बसेपछि चोरबाटोका तस्करहरु अस्थायी पलायन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेको ठाडो निर्देशनपछि सीमानाकामा झन कडाई गरिएको हो । यसअघि समेत सीमानाकामा कडा निगरानी गर्दै आएको ईलाका प्रहरी कार्यालय खजुरीले एसपीको आदेशपछि निगरानी पनि दोब्बर पारिदिएपछि तस्करहरु जकथक भएका छन् ।
नेपाल–भारतको खुल्ला सीमाको कारण सयौँ वटा चोर बाटो भएकै कारण तस्करहरुले प्रहरीलाई समेत चक्मा दिएर समान ओसार पोसार गर्दै आएको छ । तर, अहिले घुमुवा टोलीलाई मोटरसाईकलले सीमानाकामा ओहोर दोहोर नियमित गरेपछि तस्करहरुको चोरबाटो समेत बन्द भएको छ ।
खेतबाटो भएर पनि अँध्यारोमा समान पास गर्ने जनगुनासो आएपछि एसपी रजौरेको आदेशानुसार ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरन्जन घिमिरेले सीमानाकामा निगरानीलाई थप कडाई पारेका छन् ।
ईनर्बादेखि महिनाथपुरसम्मको सीमानाका क्षेत्रमा अहिले नेपाल प्रहरीको घुमुवाई पहिलेभन्दा अधिक जाग्राम बस्न थालेका छन् । प्रहरीको डयुटीमा कडाई भएपछि विगत केही दिनदेखि सीमानाकामा तस्करहरुले मौका पाउन सकेका छैनन् ।
भारतबाट ल्याउने अवैद्य समानहरु तस्करहरुले भारतमै होल्ड गरेर राखेका छन् भने यहाँबाट भारततर्फ लगिने समानहरु समेत तस्करहरुले होल्ड गरेका छन् । यद्यपी, होल्ड भएको स्थानहरुमा समेत ईलाका प्रहरी कार्यालय खजुरीले निगरानी राख्दै छापा हान्ने मुडमा देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…